दमक ६ मा हुनेले दिउँ, नहुनेले लिउँ कार्यक्रम, यसको महत्व कस्तो छ ?

दमक, २७ कार्तिक । दमक नगरपालिकाको वार्ड ६ को कार्यालयमा प्रवेश गर्ने बित्तिकै एउटा दृष्यले सबैको ध्यान खिच्न सक्छ । वार्डको अली अघील्तिर पश्चिम फर्काएर खाली उदाङ्गो पारेर छोडेको एउटा कोठा । त्यो कोठाको माथीपट्टि लेखीएको छ ‘हुनेले दिउँ, नहुनेले लिउँ ’। वार्ड ६ द्धारा सञ्चालीत कपडा बैंक । यहाँ लेखिएको वाक्यको भावलाई त्यहाँ भीत्र राखीएका कपडाको अवस्थाले स्पष्ट पार्छ कि यो विप्पन्नकालागी निकैनै प्रभावकारी कार्यक्रम हो ।

दमक नगरपालिका वार्ड ६ दमकको गरीमा र मुख्य दपर्णको वार्ड हो । यो वार्ड व्यापारीक वार्ड र ब्यापारीहरु बस्ने भएकोले यहाँबाट नागरीक स्तरदेखीनै सामाजीक भाव सहितको काम र सेवा गरिन पर्छ भनेर यो कामको सुरुवात गरिएको छ ।
तीन महिना अघीदेखी सुरु भएको यो कार्यक्रममा अहिले सम्म कयौले केहि पटक लगाएका कपडा ल्याएर राख्नु भएको छ । कयौले यहीबाट छानी छानी निशुल्क रुपमा आफ्नो आवश्कता अनुसारका कपडा लैजानु भएको छ ।

 

निकै प्रभावकारी यो कार्यक्रम अव जाडो लागेको र जाडोको समयमा थप आकर्षक हुन सक्ने अनुमान वार्ड कार्यालयको छ । वार्ड अध्यक्ष टेक बहादुर थापा भन्नु हुन्छ ‘अव त अझ जाडो आएको छ । यस्तो बेलामा कोहि पनि न्यानो कपडाबाट बञ्चित हुन नपर्ने गरी यो कार्यक्रमलाई टोल स्तरबाट जागरुप गराइ नागरिक सहभागीता बढाइने छ । र हुनेले दिने , नहुनेले लैजाने कार्यक्रमलाई प्रभावकारी बनाइने छ । उहाँका अनुसार यो वर्ष यदी अधिकमत कपडा संकलन भएमा त्यसलाई मोर्डीफाई गरि डसना र सिरक बनाएर समेत लक्षीत परिवार र वर्गलाई वितरण गरिने छ ।

 

वार्ड अध्यक्ष थापाले यो कार्यक्रमलाई नगरका सबै क्षेत्रको आवश्यकता पुरा गर्ने गरि अघी सारीएको बताउँदै सहयोग गर्न चाहनेहरुलाई जोडीनकालागी पनि आह्वान गर्नु भएको छ । यसले जाडोमा कोहि पनि कठ्याग्रीएर बस्नु पर्ने समस्याको अन्त्य गर्दै समतामुलक समाज निर्माणमा समेत टेवा पुग्ने उहाँको विस्वास छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय