नेपालको ऐतिहासिक मोडः नयाँ पुस्ताको संकल्प र स्वदेशवादको आह्वान

किशोर गुरुको आलेख

जनकपुर | २८ कार्तिक

नेपाल आज इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। दशकौंदेखिको राजनीतिक प्रयोगपछि पनि जनताको आकांक्षा पूरा हुन सकेन। यो समय कुनै साधारण राजनीतिक परिवर्तनको होइन, बरु एउटा पूर्ण राजनीतिक पुनर्जागरणको हो, जसको नेतृत्वमा देशको भविष्यलाई नयाँ पुस्ता, अर्थात् जेन–जेडले चुनौती दिइरहेको छ। लामो समयदेखिको राजनीतिक असफलता, नेतृत्वको नैतिक स्खलन र राज्य संरचनामा व्याप्त शासकीय विकृतिले देशलाई गम्भीर असमानता, विकराल भ्रष्टाचार र गहिरो अविश्वासको संकटमा धकेलेको छ। संघीयताको अभ्यास प्रभावहीन बन्दै जाँदा, नियन्त्रणमुखी र केन्द्रीकृत प्रशासन, अनि अत्यधिक वैदेशिक निर्भर अर्थतन्त्रले जनताका आशा र सपनाहरूलाई क्षय गरेको छ।

 

वर्तमान संकटः एउटा व्यवस्थागत विफलताको चित्र

नेपालको वर्तमान संकट कुनै नीतिगत अपूर्णताको मात्र परिणाम होइन, बरु यो नेतृत्वको निष्ठा र नियतमा आएको विचलनको उपज हो। यसको मूल चुरोहरू गहिरिएका छन् । वर्षौंदेखि सत्तामा रहेका दल र नेताहरूले देशलाई निकास दिनुको सट्टा आफ्नै स्वार्थ र भ्रष्टाचारको जालोमा फसाएका छन्। ट्रान्सपेरेन्सी इन्टरनेशनलको २०२३ को प्रतिवेदनअनुसार, नेपाल भ्रष्टाचारमा दक्षिण एसियामै अग्रिम स्थानमा रहेको छ। यसले गर्दा राज्यका हरेक तहमा संस्थागत भ्रष्टाचार मौलिएको छ, जसको सजिलो उदाहरण भ्रष्टाचार विरुद्धको संस्थालाई नै राजनीतिक रूपमा कमजोर पार्ने प्रयासहरू हुन्।

शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित युवाहरूले देशभित्र आफ्नो भविष्य देख्न छाडेका छन्। विदेश रोजगार सेवाको तथ्याङ्कअनुसार, दैनिक करिब १,५०० देखि २,००० युवाहरू विदेशिन्छन्। यसले देशको उर्वर जनशक्तिको क्षय मात्र गरिरहेको छैन, तर वार्षिक रूपमा हजारौं नेपाली युवाहरूको मृत्यु र शोषणको कारण पनि बन्दैछ।
उत्पादन र स्वदेशी पूँजीको सट्टा रेमिट्यान्स र विदेशी सहायतामा अत्यधिक निर्भरताले देशको आर्थिक आत्मनिर्भरतालाई कमजोर बनाएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, देशको कुल घरेलु उत्पादन (जीडीपी) मा रेमिट्यान्सको हिस्सा २०% भन्दा बढी छ, जबकि विनिर्माण क्षेत्रको योगदान ५% भन्दा कम रहेको छ। आयातमुखी अर्थतन्त्रको यो पाश तोड्नु जेन–जेडको प्रमुख एजेन्डा हो। प्रशासनमा पारदर्शिताको अभाव, ढिलासुस्ती र राजनीतिक संरक्षणले दण्डहीनताको संस्कृतिलाई प्रश्रय दिएको छ। उदाहरणका लागि, प्रशासनिक कार्यमा ढिला र लालफित्ताहरूले गर्दा साना व्यवसायीहरूले प्रतिवर्ष करोडौं रुपैयाँको क्षति बेहोर्छन्, जसले सुशासनको आधारलाई नै कमजोर बनाइरहेको छ।

जेन–जेड आन्दोलनको दर्शनः स्वदेशवादको पुनप्र्रतिष्ठा

यही जडता तोड्नका लागि राष्ट्र पुनर्निर्माणको अभियान थालेको जेन–जेड आन्दोलनको केन्द्रमा ’स्वदेशवाद’ को दर्शन रहेको छ। स्वदेशवाद कुनै संकीर्ण राष्ट्रवाद होइन; यो आफ्नो माटो, सम्पदा, स्रोत र जनशक्तिमाथि पूर्ण विश्वास र आत्मनिर्भरताको राजनीतिक, आर्थिक र सामाजिक दर्शन हो। यसले निष्ठा र सेवाको राजनीति, स्वदेशी पूँजीको सम्मान र जनशक्तिको राष्ट्र निर्माणमा पूर्ण उपयोगको आह्वान गर्छ। पारदर्शी र जवाफदेही नेतृत्व प्रणालीको आवश्यकता उजागर भएको छ। डिजिटल प्लेटफर्ममार्फत नेतृत्वलाई नियम, कानुन र जनताप्रति उत्तरदायी बनाउने प्रणाली, जसले नेताको स्वेच्छाचारितालाई रोक्छ। उदाहरणका लागि, सबै सार्वजनिक खर्च र निर्णयहरू वास्तविक समयमा अनलाइन प्रकाशित गर्ने बाध्यता।

अवसर र न्यायमा समान पहुँच मांग भएको छ। योग्यता, क्षमता र निष्ठाको कदर गर्दै हरेक नागरिकलाई बिना भेदभाव समान अवसर उपलब्ध गराउने। शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सबैको लागि समान पहुँच सुनिश्चित गर्ने। सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको स्पष्ट मांग भएको छ। ’डिजिटल गभर्नेन्स’ र ’जननिगरानी प्रणाली’ मार्फत प्रशासनलाई चुस्त, छिटो, पारदर्शी र पूर्णतः भ्रष्टाचारमुक्त बनाउने। सबै सरकारी सेवाहरू अनलाइन उपलब्ध गराउँदै रिश्वतको सम्भावनालाई न्यूनतम बनाउने।

युवा–मुखी नीति र रोजगारीको मांग उठेको छ। शिक्षालाई रोजगारसँग जोड्ने र उद्यमशीलतालाई प्रोत्साहन दिई युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने। स्टार्टअपलाई करमुक्त अवधि, सहज ऋण र प्रविधि सहयोग जस्ता प्रोत्साहन दिने। संघीय अधिकारको वास्तविक प्रयोग हुनुपर्ने आवस्यकता रहेको छ। बहुलराष्ट्र राज्यको मर्मअनुरूप स्थानीय तहसम्म अधिकार र स्रोतको सशक्तीकरण गर्दै वास्तविक लोकतन्त्रको अभ्यास गर्ने।

संघीयता र बहुलराष्ट्र राज्यः एक अपरिहार्य वास्तविकता

जेन–जेड आन्दोलनले वर्तमान संकटको दिगो समाधानका लागि संघीय सशक्तीकरण र बहुलराष्ट्र राज्यको अवधारणालाई आत्मसात् गर्नुपर्छ। नेपाल एउटा धेरै जात, भाषा र संस्कृतिहरू भएको देश हो। सबैलाई आफ्नो पहिचानको सम्मान गर्दै, सबैलाई राष्ट्र निर्माणमा सहभागी बनाउने नै संघीयताको सही अर्थ हो। यसले देशलाई टुक्र्याउँदैन, बरु जोड्छ। स्थानीय स्तरमा नै निर्णय भएको खण्डमा विकास कार्यझट्टै र सही ठाउँमा हुन्छ। संघीय सशक्तीकरण बिना न्यायपूर्ण विकास सम्भव छैन। उनीहरूका लागि संघीयता केवल प्रशासनिक ढाँचा होइन; यो राजनीतिक सहभागिता, पहिचानको सम्मान र स्थानीय स्रोतमाथिको नियन्त्रणको माध्यम हो।

शक्ति र स्रोतको स्पष्ट बाँडफाँट हुनुपर्दछ। केन्द्र, प्रदेश र स्थानीय तहबीच शक्ति र स्रोत बाँडफाँटको स्पष्ट संरचना लागू गराउनु पर्छ। राजस्वको दोहोरोपन र क्षेत्राधिकारको अस्पष्टता तत्काल हटाइनुपर्छ। आर्थिक स्वायत्तता हुनुपर्दछ। प्रदेश र स्थानीय तहलाई आफ्ना स्रोत परिचालन गर्न सक्ने पूर्ण अधिकार दिई आर्थिक रूपमा आत्मनिर्भर बनाइनुपर्छ। संस्थागत पारदर्शिता हुनुपर्दछ। संघीय सेवा आयोग र वित्त आयोगलाई सुदृढ गरी कर्मचारी भर्ना र बजेट वितरणमाथि पारदर्शिता र उत्तरदायित्व अनिवार्य गरिनुपर्छ।
स्वदेशवादमा आधारित आर्थिक मार्गचित्रको निर्माण हुनुपर्दछ। जेन–जेड आन्दोलनले नेपालको आयातमुखी अर्थतन्त्रलाई पूर्ण रूपमा अस्वीकार गर्दै आत्मनिर्भरता, इमानदारिता र दिगो विकासमा आधारित आर्थिक मार्गचित्र अगाडि सारेको छ। स्वदेशवादको आर्थिक त्रिकोण – कृषि, उद्योग र प्रविधिलाई राष्ट्रिय अर्थनीतिको केन्द्र बनाउने प्रस्ताव छ।

युवालाई कृषिमा आकर्षित गर्न उन्नत प्रविधि, सहुलियत ऋण र बजारको ग्यारेन्टी गर्ने। निर्वाहमुखी कृषिबाट व्यवसायिक र निर्यातमुखी कृषि प्रणालीमा रूपान्तरण गर्ने। उदाहरणको लागि, नेपालले विशेषतः जैविक कृषिमा तुलनात्मक लाभ लिन सक्छ। साना तथा मझौला उद्योग र घरेलु उद्योगलाई संरक्षण दिएर आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रहरू (जस्तैः आईटी, खाद्यपदार्थ, हस्तशिल्प) लाई प्राथमिकता दिने। डिजिटल गभर्नेन्स लागू गरी आर्थिक कारोबारमा हुने भ्रष्टाचारको अन्त्य गर्ने, र प्रविधिमा आधारित उद्यमशीलता (त्भअज क्तबचतगउक) लाई व्यापक प्रोत्साहन दिने।

नयाँ पुस्ताको नेतृत्व बिना राष्ट्र पुनर्जागरण सम्भव छैन भन्ने भावना जेन–जेड आन्दोलनको मूल आधार हो। यो पुस्ता केवल असन्तोष व्यक्त गर्ने होइन, बरु समाधानको वाहक बन्ने र पुरानो राजनीतिक चक्र तोड्ने संकल्पका साथ अघि बढेको छ। जेन–जेडले पुरानो पुस्तालाई एउटा कठोर प्रश्न सोधेको छ – किन देश सधैँ एउटै चक्रमा फसेको छ? यसको जवाफमा उनीहरूले राजनीतिक परिवर्तन विचारको नवीनीकरण र आचरणको शुद्धीकरणबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छन्।

अन्त्यमा, जेन–जेड पुस्ताको आवाज, स्वदेशवादको दर्शन र जनताको आकांक्षा मिलेर नेपाललाई संघीय, समृद्ध र पूर्णतः पारदर्शी भविष्यतर्फ डोरÞ्याउँदैछ। अबको राजनीति सत्ता होइन, यो सेवा, निष्ठा र राष्ट्रप्रतिको प्रतिबद्धताको राजनीति हो। यो आन्दोलन केवल असन्तोषको ज्वाला होइन – यो नेपालको आत्मजागरण र राजनीतिक पुनर्जागरणको शङ्खघोष हो, जसले दशकौँको निराशालाई आशामा, अस्थिरतालाई स्थायित्वमा र परनिर्भरतालाई आत्मनिर्भरतामा बदल्ने ऐतिहासिक संकल्प बोकेको छ। जेन–जेड को आन्दोलन केवल सडकमा आन्दोलन मात्र होइन। यो नेपालको सोच्ने तरिकामा आएको एउटा ठूलो परिवर्तन हो । यो आन्दोलनले दशकौं देखि चलिआएको निराशालाई आशामा र परनिर्भरतालाई आत्मनिर्भरतामा परिणत गर्ने ऐतिहासिक मौका प्रदान गरेको छ। अब कोसेढुङ्गा नयाँ पुस्ताको हातमा छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन