मिक्लाजुङ–दमक क्षेत्रमा जङ्गली हात्तीको त्रास

स्थानीयलाई सतर्क रहन दमक ३ का वाड अध्यक्षको आग्रह

दमक , २८ कार्तिक । मिक्लाजुङ गाउँपालिका–७ र ८ स्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र करिब १५ वटा जङ्गली हात्ती प्रवेश गरेको पुष्टि भएको छ। स्थानीयवासी तथा वन सुरक्षा समूहमार्फत प्राप्त जानकारीअनुसार हात्तीको ठूलो झुण्ड विगत केही दिनदेखि निरन्तर रूपमा उक्त क्षेत्रमा देखापर्दै आएको दमक ३ का वार्ड अध्यक्ष नवीन बरालले जानकारी दिनुभयो ।

यहीबीच, झापाको दमक नगरपालिका–३, दुम्से आसपास २३ वटा हात्ती हिजो साँझदेखि देखा परेका र हात्तीको असामान्य आवागमनले स्थानीय बस्ती तथा कृषि क्षेत्रमा जोखिम बढेपछि सतर्क रहन वार्ड अध्यक्ष बरालले अनुरोध गर्नु भएको हो ।

 

सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले क्षेत्रका सर्वसाधारणलाई अत्यन्त सावधानी अपनाउन, राति अनावश्यक बाहिर ननिस्कन, हात्ती नजिकिन नदिन तथा सम्भावित जोखिमबारे छिमेकीलाई समेत जानकारी गराइरहेको समेत उहाले उज्यालोसगको कुराकानीमा बताउनु भयो ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन