नेकपा (एमाले) झापाको जिल्लास्तरीय शक्ति प्रदर्शनसहित जनजागरण सभा सम्पन्न

बिर्तामोड,२९ कार्तिक । नेकपा (एमाले) झापाले शनिबार बिर्तामोडमा जिल्लास्तरीय शक्ति प्रदर्शनसहित जनजागरण सभा सम्पन्न गरेको छ। झापाका १५ वटै पालिकाका प्रतिनिधिमूलक हजारौं नेता–कार्यकर्ताको सहभागिता सहित एमालेले बिर्तामोडमा जनजागरण सभा गरेको थियो ।

 

पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको सभामा एमाले पार्टी सचिव पदमा अर्यालले मुख्य वक्ताका रूपमा सभालाई सम्बोधन गर्नुभएको हो ।

उहाँले संसद् पुनःस्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदमविरुद्ध दबाब सिर्जना गर्न पार्टीले देशभर जागरण सभा मार्फत अभियान सुरु गरेको बताउनुभयो। जेनजी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन दबाब दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उहाँले बताँउनु भयो ।

एमाले राष्ट्रवादी शक्ति भएकै कारण आज राष्ट्रहित विपरीतका शक्तिहरूको आक्रमणमा परेको दाबी गर्दै उहाँले फेरी पनि मुलुकको हितका लागि एमाले जागरुक रहेको र कार्यकर्ताहरू नडगमगाउन आग्रह गर्नु भएको छ। नेतृ अर्यालले जेनजी आन्दोलनका मागहरू एमालेको पनि माग भएको बताउँदै ती मागहरू उचित ढङ्गले सम्बोधन हुनुपर्ने धारणा राख्नुभएको छ ।

सभालाई युवा नेता तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) का पूर्वसचिव मानोज ताम्ली, केन्द्रीय समिति सदस्य तथा झापा जिल्ला इन्चार्ज रोम ओली र एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले सम्बोधन गर्नुभएको थियो।

एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले स्वागत गर्नुभएको सभाको सञ्चालन सचिव तुलसी कार्कीले गर्नुभएको हो ।

जागरणसभामा वडा, टोलदेखि पालिका स्तरसम्मका हजारौं कार्यकर्ताको उपस्थिति रहेको एमालेले बताएको छ। यसअघि सभामा करिब २० हजार नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थिति रहने अनुमान थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय