सरकारद्धारा जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह

काठमाडौं,३० कार्तिक। सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको थियो ।

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनेकोे छ । पुर्न र्निमाण लगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले स्पष्ट उल्लेख गरेको छ ।

सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो ।

तथ्याङ्क सङ्कलनमा एकरुपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार गरी सम्बन्धित स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, स्थानीय तह भित्रका विवरण गर्न भनेको छ। क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुट भएको भए मन्त्रालयले तयार पारेको पोर्टलमा विवरण उपलब्ध गराउन र अपलोड गर्न अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन