काठमाडौं,३० कार्तिक । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज आइतबार सकिँदै छ । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि आयोगले नयाँ दल दर्ताको समय तोकेको थियो ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको छुट्टै समयसीमा पनि तोकेको थियो । जसअनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।
आयोगमा पहिले नै दर्ता भइसकेका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गर्नुपर्ने व्यवस्था छ।









