जंगली हात्तीको बथान प्रवेश गरेपछि झापाका बिभिन्न क्षेत्रका स्थानीय त्रासमा

पूर्व –पश्चिम राजमार्ग उत्तरका क्षेत्रमा आतंक मच्चाएपछि सरक्षित रहन जिल्ला बन कार्यलयको आग्रह

झापा,३० कार्तिक । जंगली हात्तीको बथान झापा जिल्लामा प्रवेश गरेपछि स्थानीय बासिन्दामा त्रास फैलि रहेको छ । मोरङको जंगलबाट आएका करिब २५ देखि ३० वटा बच्चा सहितका हात्तीको बथानले पूर्व –पश्चिम राजमार्ग उत्तरका क्षेत्रमा आतंक मच्चाएपछि डिभिजन वन कार्यालय, झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, यो बथान आइतबार शिवसताक्षीधाम स्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा देखिएको हो । हात्तीहरू दिनभर जंगलमा बस्ने र राति आहाराको खोजीमा गाउँ पस्ने गरेकाले जनधनको क्षति हुन सक्ने भन्दै कार्यालयले रातको समयमा विशेष सावधानी अपनाउन अनुरोध गरेको जनाएको छ ।

डेढ वर्षअघि बाहुनडाँगीको प्रसादगौँडा हुँदै नेपाल प्रवेश गरेको ५०–६० हात्तीको बथान मध्ये केही भारत फर्किए पनि बाँकी हात्ती मोरङ र सुनसरीका जंगलमा बस्दै आएका हुन्। अहिले झापा प्रवेश गरेको बथान तिनैमध्येको भएको र भारत फर्कने क्रममा यहाँ आइपुगेको अनुमान गरिएको हो ।

वन कार्यालयले हात्तीको गतिविधि निगरानी गरिरहेको र तिनीहरूको मार्ग पहिचान गरी सोही क्षेत्रमा सुरक्षा गस्ती केन्द्रित गरेको बताएको छ । प्रमुख श्रेष्ठका अनुसार, यो बथान आगामी एकदुई दिनभित्र बाहुनडाँगीको प्रसादगौँडा हुँदै भारत फर्कने अनुमान गरिएको हो । त्यो अवधिसम्म स्थानीयवासीलाई रातको समयमा एक्लै हिँडडुल नगर्न र हात्तीसँग जम्काभेट भएमा उत्तेजित नपार्न आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन