रतुवा–मावाकाे बालुवामा चाेरकाे रजाइँ , नदी दाेहन राेक्ने हिम्मत कसले गर्ला ?

प्रहरी प्रशाषनको कमजोर उपस्थितीका कारण ठेक्का लगाएर कर उठाउन प्रमुख जिल्ला अधिकारीको अनुरोध ।

दमक, १० मंसिर । दमकको रतुवा र मावा नदिमा अत्याधीक नदि दोहन भएको छ ।यस भन्दा अघील्ला पटक नदि उत्खनन् गर्न स्थानीय तहहरुले ठेक्कानै लगाउने गर्दथे । तर यो पटक अहिले सम्म ठेक्का पनि लागेको छैन । ठेक्का लाग्ने बेलामा जेन जी आन्दोलन भयो । त्यसपछि सबैथोक अस्तव्यस्त भएका कारण ठेक्का लाग्न सकेको थिएन । यस्तो संक्रमणकालीन अवस्थाको फाईदा उठाउँदै नैतीकता हराएका केहि खोलाका बालुवा चोर्नेहरु दिन दहाडै नदिमा पसेर दोहन गरिरहेका छन् ।

रतुवा नदि तर्फ पश्चिम पट्टि चुलाचुली गाउँपालिकाले निर्माणको काम गरिरहेको छ । यही मौका पारेर निर्माणका लागी भन्ने बाहना बनाउने तर अनाधिकृत रुपमा रतुवा नदि दोहन गर्ने र चोरी गरि बेच्ने । यो क्रम अहिले पनि चलीरहेको छ । नियन्त्रणकालागी शशक्त ढंगबाट लाग्न राज्यको संयन्त्रले सकिरहेको छैन । किन ? किनकी अहिले प्रहरी प्रशाषनलाई कमजोर बनाइएको छ । हात हतियार र अन्य श्रोत सामाग्री लुटिएका छन् । प्रहरीको मनोवल कमजोर पारिएको छ । अनी यता नगर प्रहरी र जनप्रतिनधी निरिक्षण र अनुगमन गर्न जादा उल्टै जाइलाग्ने गरीको स्थिती पनि बन्ने गरेको छ । यो तथ्य दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले उजागर गर्नु भएको हो ।

बुधबार दमक नगरपालिकाको हलमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहितको उपस्थिती कार्यक्रममा नगर प्रमुख थापाले भन्नु भयो दमकमा खोला तस्करी रोक्नै सकिएन । नगर प्रमुख थापाले भन्नुभयो प्रहरी र प्रशाषनलाई अनी छिमेकी पालिकाहरुलाई यसको नियन्त्रमा समन्वय गर्न भनेर पत्रचार गर्ने औपचारीक काम मात्रै भयो । तर त्यसबाट कुनै परिणाम दिन सकिएन । एक्सनमा उत्रन नसक्दा अहिले रातमा मात्रै नभएर दिनमा पनि नदि दोहन भइरहेको छ जसले गर्दा अव ठेक्का लगाउने अवस्था पनि भएन । उहाँले खोलाबाट निस्कने जती परिणामका निर्माणजन्य सामाग्री हुन ती बिना कर लैजान पाएपछि ठेक्का लगाउने अवस्था समेत नबनेको उल्लेख गर्नुभयो । यसले गर्दा दमक नगरपालिकाले मात्रै रतुवा र मावा नदिबाट वर्षमा दुई देखी अढाई करोड आम्दानी गरिरहेको थियो अहिले त्यो गुमीरहेको छ ।

यसले सरकारको आम्दानी मात्रै घटाइरहेको छैन । कहाँ खन्ने हो कहाँ खन्न नहुने हो भन्ने कुराको वातावरणीय अनुगमन समेत भएको छैन । जसले गर्दा चोरी गर्नेहरुले जहाँ मन लाग्यो त्यही खनीरहेका छन् । यसले दीर्घकालीन असर समेत पार्न सक्ने तर्फ सचेत गराएको छ । खासगरी नगर प्रमुख थापाले सुरक्षा संयन्त्र मजवुत नभएका कारण नदिजन्य पदार्थको चोरी पैठारी भएको बताइरहदा यता प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो ‘स्थानीय तहले लगाउने ठेक्का लगाओस । आवश्यक पर्ने सुरक्षाका सबै प्रबन्ध मिलाइने छ । देशमा कानुन र प्रशाषन छ । त्यसलाई प्रयोग गरिने छ । निर्धक्क भएर ठेक्का लगाएर आधीकारीक काम गरौ । कसैबाट अवरोध भए त्यसलाई राज्यले नियन्त्रण गर्ने छ । सुचना दिन चाहि पछि नहटौ ।

दमकको रतुवा र मावा खोला यहाँ रहेका ५ वटा स्थानीयतहले पालै पालो ठेक्का लगाउने गरेका थीए । यहाँको दमक नगरपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका, इलामको चुलाचुली गाउँपालिका र झापाको कमल गाउँपालिकाले कहिले संयूक्त, कहिले छुट्टा छुट्टै ठेक्का लगाउने गरेका थीए । दमक नगरपालिकाले जनाए अनुसार यो पटक चुलाचुली गाउँपालिकाको ठेक्का लगाउने पालो भएपनि अहिले सम्म कुनैपनि नदि ठेक्का नलाग्दा नदिजन्य सामाग्रीको चोरी पैठारी भइरहेको र सबै पालिकाले आम्दानीपनि गुमाईरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शशांकको नेतृत्वमा आगामी कांग्रेस इतरसमूह अघि बढ्ने

काठमाडौं ,३१ साउन। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय