औषधी ऐन संशाेधनकाे विराेध गर्दै काेशी प्रदेशका औषधी व्यवसायीहरू सडकमा

विराटनगर,११ मङ्सिर । कोशी प्रदेशका औषधी व्यवसायीहरूले औषधि ऐन २०३५ मा गरिएको संशोधनको विरोधमा सडकमा उत्रिएका छन्। संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पु¥याउने भएकाले व्यवसायीहरूले तत्काल खारेजीको माग गर्दै आन्दोलन गरेका हुन्।

संशोधन अनुसार, औषधी पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेको खण्डमा स्वतः संस्था खारेज हुने प्रावधान राखिएको छ। यसका कारण व्यवसायीहरूको लागि कठिनाइ उत्पन्न भएको र पेसागत सुरक्षा संकटमा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।

व्यवसायीहरूको प्रमुख आपत्ति संशोधित दफा ११ को उपदफा सम्बन्धी छ, जसलाई उनीहरूले संविधानको मर्म विपरीत र व्यवसायीहरूलाई त्रसित बनाउनका लागि बनाइएको प्रावधान भएको बताएका छन् ।

संघले सरकारसँग पुनः समय सीमा दिइसकेको भए पनि कुनै प्रतिक्रिया नपाएको कारण चरणबद्ध सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको जनाएको छ। ११ मङ्सिरदेखि १६ मङ्सिरसम्म विरोधका विभिन्न कार्यक्रमहरू तय गरिएको बताएका छन्।

व्यवसायीहरूले मङ्सिर ११ गतेदेखि औषधी व्यवस्था विभाग विराटनगर कार्यालयमा ब्यानरसहित मौन धर्नामा बसेका छन्। त्यसपछि अन्य दिनहरूमा पनि कालो झन्डा लगाउने, पसल बन्द गर्ने र विभागमा धर्ना दिने कार्यक्रम राखिएका नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले बताउनु भयो ।

आन्दोलनको पहिलो दिन बिहीबार १ घण्टा औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको उहाँले बताउनु भयो । संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले भन्नु भयो,‘यो व्यवस्था संविधानको मर्म विपरीत छ र पेसागत सुरक्षामा प्रतिकूल असर पार्ने भएकाले हामी आन्दोलन गर्न बाध्य भएका छौँ। यदि माग सम्बोधन नभए थप कठोर सङ्घर्ष गर्न बाध्य हुनेछौँ ।’

व्यवसायीहरूको विरोध कार्यक्रम मङ्सिर १६ गतेसम्म चल्नेछ र यदि सरकारले प्रतिक्रिया नदिएमा १७ मङ्सिरदेखि अनिश्चितकालीन बन्द र हडतालका कार्यक्रम थाल्ने चेतावनी दिइएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय