झापामा लागूपदार्थ दुर्व्यसनीकाे ग्राफ निरन्तर उकालो

खुल्ला सिमानाका मुख्य चुनौती भएका कारण दुव्र्यशनी बढ्नुको मुख्य दोषी परिवार रहेको प्रहरीको निष्कर्ष

दमक, ११ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाले प्रकाशन गरेको तीन वर्षको लागु औषध सम्बन्धीको तथ्यांक हेर्दा हरेक वर्ष त्यसको ग्राफ बढेको देखिएको छ । आर्थिक वर्ष २०७९–८० मा २०६ वटा मुद्धा दर्ता भएकोमा अर्को आर्थीक वर्ष २०८०–८१ म बढेर यो संख्या २९७ पुग्यो । अनी अर्को आर्थीक वर्ष २०८१–८२ मा बढेर अझै ३४५ पुगेको छ । यसरी निरन्तर लागु औषध सम्बन्धीका घटना तथा मुद्धा बढ्नुलाई प्रहरीले सँधै खुल्ला सिमाना भन्ने गरेको छ । किनकी प्रहरी भन्छ भारतसगको खुल्ला सिमाना छ । त्यहाँबाट लुकिछिपी यसको कारोबार हुने र प्रयोकर्ता समेत बढ्ने गरेका छन् । यो चाहि पुरानो तर अहिले सम्म पनि दिने प्रहरीको रेडिमेड जवाफ हो । तर यो पटक देखी चाहि यसरी लागु औषधका प्रयोगकर्ता वा कारोबारी बढ्नुलाई परिवारलाई पनि कारणका रुपमा भन्न थालेको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर लम्साल भन्नु हुन्छ साथीसङ्गतका कारण लागुपदार्थ दुव्र्यसनीका घटना बढिरहेका छन् । आफ्नो छोराछोरीको साथी को कस्तो छ भन्ने कुरा परिवारले ख्याल गर्ने हो र गलत जस्तो लागेमा सुरुदेखीनै सचेत बन्न थाल्यो भने यस्तो घटना न्यूनिकरण गर्न सकिन्छ ।

अझ यो घटनामा संलग्नहरु यूवा पुस्ता छन् । १६ देखी २५ वर्ष उमेर समुहका यूवाहरु यसमा सबैभन्दा बढि संलग्न रहेको पनि प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा लागु पदार्थ दुव्र्यसनीमा यूवाहरुको संलग्नाता समेत बढिरहेको छ । आर्थीक वर्ष २०७९–८० मा १४२ जना पक्राउ पर्दा त्यसको अर्को वर्ष २०५ र आर्थीक वर्ष २०८१–८२मा अझ बढेर २२९ जना पक्राउ परेका छन् । अझै यो संख्या २६ देखी ३५ वर्ष उमेर समुहमा पनि बढिरहेको छ । त्यसपछि भने निकै ओरोलो ग्राफ छ । यसले यूवा पुस्तामा सचेतनाको मात्रै नभएर निर्मम अभियान सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरोकारवालाहरुले आवाज उठाइरहेको छन् । यसै सन्दर्भमा दमकका जेन जी अभियान्ता सुभम सिग्देलले लागु औषध विरुद्धको कार्यक्रम विद्यालय देखी कलेज सम्म पुर्याउन आफुहरुपनि तयार रहेको र सहकार्य गरेर काम गर्न आह्वान गर्नुभयो । यसकालागी नगर स्तरीय समती बनाएर यूवाहरुलाई नै त्यसमा सहभागी गराउँदै विद्यालय र कलेजहरु सम्म पुग्न सकिने उहाँको धारणा छ ।

विद्यार्थी र यूवा माझ अव लागु पदार्थका बारेमा सचेतना कार्यक्रमहरु ऋव परिमार्जीत ढंगबाट गर्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक राजन लिम्बुले बताउनु भयो । लागु पदार्थ के हो ? त्यसको उत्पात्ती र असर भन्ने भन्दा पनि यो अपराध हो । यसको सेवनले भविष्यमा कहाँ देखी कहाँ सम्म असर पार्छ भन्ने कुरा देखाएर बुझाउन थालीएको उहाँको भनाई छ । यसो गर्यो भने भविष्यको चीन्ता गर्नेहरु यसको कुलतमा नफस्ने थीए कि भन्ने सोच राखीएको प्रहरीरी उपरिक्षक लिम्बुको भनाई छ ।

यस्तै प्रहरीले सार्वजनीक गरेको तथ्यांकमा अहिले लागुपदर्थ मध्ये ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता बढिरहेका छन् । पछिल्लो तीन वर्षको अवधीमा यसको कारोबार र प्रयोग बढेको प्रहरीको रिपोर्ट ग्राफमा देखिएको छ । झापामा आर्थीक वर्ष २०७९–८० मा प्रहरीले १ केजी ५ सय ५८ ग्राम, ४ सय५९ मिलिग्राम ब्राउनसुगर बरमात गरेको थियो भने अर्को वर्ष यसको परिणाम बढेर २ केजी १ सय ७५ ग्राम, १ सय ९५ मिलिग्राम बरामत भएको छ । यस्तै पछिल्लो वर्ष आर्थीक वर्ष २०८१–८२ मा अझै बढेर २ केजी ८ सय ८२ ग्राम, ४४७ मिलिग्राम बरामत गरिएको छ । यसलाई मुल्यमा रुपान्तरण गर्ने हो भने अनुमानीत कालाबजारी मुल्य झापामा मात्रै वर्षको करोडौ बराबरको हुने गरेको छ । यसको नियन्त्रण गर्न अझै सकिएन भने यसले समाजको तल्लो वर्गसम्मै प्रभाव जमाने र बिकराल बनाउन सक्ने भन्दै प्रहरीले चिन्ताजनक रिपोर्ट सार्वजनिक गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा