एमाले महाधिवेशन : झापाबाट छानिने सबै प्रतिनिधिले ओलीको विकल्प नखोज्ने

" केपी ओलीको विकल्पमा झापाका कोहिपनी प्रतिनिधि रहनुहुने छैन । अहिलेको कठिन परिस्थितिलाई ओलीले नै निकास निकाल्नुहुने विस्वासमा झापाको एक मत छ "

दमक, १३ मंसिर | नेकपा एमालेको ११ औं महाधिवेशनको लागि दुईवटा प्यानलले उम्मेद्वारी घोषणा गरेपछि झापामा महाधिवेशन प्रतिनिधि छनोटमा सहमति हुन नसकी निर्वाचन नै हुने भएको छ ।

जम्मा ३८ जना महाधिवेशन प्रतिनिधिका लागि झन्डै चार गुणा अर्थात १४८ जनाले उम्मेद्वारी दिएपछि सर्वसम्मत हुन नसकेको हो । उम्मेद्वारी फिर्ता गर्न लगाएर सर्वसम्मत गराउन निर्वाचन समितिहरुले आज दिनभरि गरेको प्रयास सार्थक बन्न सकेन ।

खुल्लातर्फका केहीले उम्मेद्वारी फिर्ता लिएपनि सर्वसम्मत हुन नसकेकाले निर्वाचन प्रक्रियामै जानु पर्ने भएको एमाले झापाका कार्यालय सचिव छविलाल विस्वकर्माले जानकारी दिनुभयो ।

उहाले निर्वाचन मार्फतनै प्रतिनिधि चुनिएपनी सबैले अध्यक्षमा केपी ओलीलाईनै बिजयी गराई फर्कनेगरी एकमत रहेको दावी गर्नु भएको छ ।

उहाले भन्नुभयो ” केपी ओलीको विकल्पमा झापाका कोहिपनी प्रतिनिधि रहनुहुने छैन । अहिलेको कठिन परिस्थितिलाई ओलीले नै निकास निकाल्नुहुने विस्वासमा झापाको एक मत छ ”

झापामा खुल्लातर्फ ८३ , महिलातर्फ ३० , युवातर्फ २८ र दलिततर्फ ७ जना उम्मेद्वार बनेका हुन् । निर्वाचन क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं १ मा ६ जनाको लागि १३ , क्षेत्र नं २ मा ९ जनाका लागि ४८ , क्षेत्र नं ३ मा ६ जनाको लागि २५ , क्षेत्र नं ४ मा ७ जनाको लागि १६ , क्षेत्र नं ५ मा ८ जनाको लागि ३९ र दलित क्लस्टरमा २ जना महाधिवेशन प्रतिनिधिका लागि ७ जनाको उम्मेद्वारी परेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय