केपी ओलीको निर्वाचन क्षेत्रबाट कोको प्रतिनिधि निर्वाचित भए? कसले कति मत ल्याए?

झापा क्षेत्र नम्बर ५ बाट एमाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लागेको छ।

दमक | १४ मंसिर | नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि चयन भएका छन्।

पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया सम्पन्नपछि खुल्ला, महिला र युवा तर्फका विजयी उम्मेदवारहरूको परिणाम सार्वजनिक गरिएको हो।

खुल्ला तर्फ अम्बिका प्रसाद खनाल सर्वाधिक १,५१५ मत ल्याउँदै पहिलो स्थानमा रहनुभयो। शिव दुगेल १,३२७ मत ल्याउँदै दोस्रो भएका छन्। त्यस्तै होम बहादुर थापा ले १,२७४ मत ल्याएर तेस्रो र तुलसी कार्की ले १,१५३ मत प्राप्त गर्दै चौथो स्थान हासिल गर्नुभयो।

यी चारैजना खुल्ला तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

महिला तर्फ अम्बिका देवी अधिकारी (गीता) ले १,४५२ मत ल्याउँदै प्रतिनिधिमा छनौट हुनुभयो । त्यसैगरी नर्वदा उप्रेती गौतम ले १,३१३ मत प्राप्त गर्नुभयो भने लिला ढुङ्गेल दाहाल ले १,२८७ मत ल्याएर प्रतिनिधि चयन हुनुभयो।

युवा तर्फ एक मात्र लागि परेको प्रतिस्पर्धामा युवराज पौड्याल (विवश) ले ९०६ मत ल्याउँदै विजयी भएर प्रतिनिधिमा चयन हुनुभएको हो ।

यससँगै झापा क्षेत्र नम्बर ५ बाट एमाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लागेको छ। पार्टीको केन्द्रीय महाधिवेशन यहि मंसिर २७ देखि २९ गते सम्म काठमाडौमा हुने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण