पूर्वपश्चिम मुख्य सडकको स्तरोन्नतिका क्रममा मोरङको पथरी शनिश्चरे १० स्थित जिरिखिम्तीको डाँस खोलाको पुल क्षेत्रमा निर्माण पक्षले कानुन विपरीत एस्काभेटर लगाएर गिट्टी र बालुवा उत्खनन् गर्दै ।

पुल क्षेत्रमा कम्तिमा पनि ५ सय मिटर क्षेत्रको खोला क्षेत्र उत्खनन् गर्न नपाउने कानुनी प्रवधान छ । त्यसरी दैनिक उत्खनन् भइरहँदा सडक होचिएर पुल, सडक र नजिकै रहेको बस्तीमा कटानले असर पर्ने जोखिम बढ्छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीले ‘सडक निर्माणकै लागि खनेको होला नि त’ भन्दै खास चासो देखाएन ।

पुलको उत्तरतर्फ खन्दै दक्षिणतर्फको तटबन्धमा गिट्टी र बालुवा खन्याइरहेको देखिन्छ ।










