आसन्न निर्वाचन : केपि ओलीको निर्वाचन क्षेत्रका मतदाताले ओलीलाई यसरी सम्झीए

भन्छन् यो क्षेत्रको मात्रै नभएर देशलाई विकासमा नयाँ मोडमा बदल्ने नेता केपी ओलीनै हो

दमक, १४ मंसिर । पहिलो संविधानसभाको चुनाव बाहेक झापाको क्षेत्र नं ५ को संसदीय चुनाव एमालेका लागी लाल किल्ला नै हो । लाल किल्ला पनि यती कि देशभरको मतपरिणाममा सबैभन्दा सर्वाधीक मत परिणाम ल्याएर केपि शर्मा ओलीले निर्वाचन जीतिरहनु भएको छ । कुनै बेला विकासमा निकै पछि परेको यो क्षेत्र पछिल्लो दशकलाई हेर्ने हो भने विकासको रोल मोडलको रुपमा स्थापीत हुन थालेको छ । यो क्षेत्रमा स्मार्ट सिटिकालागी गौरीगञ्जमा प्रकृयागत काम सुरु भएको छ ।

देशकै नमुना कृषि गौरादहमा फस्टाएको छ प्राङ्गारीक मल उत्पादन र ब्राण्डीङमा कमल गाउँपालिकाले काम गरिरहेको छ भने व्यापारीक शहरको रुपमा दमक नगरले काम गरिरहेको छ । फूसको छानो भएकाहरुले जस्ताको छानो पाएका छन् भने घर बिहिन भएकाहरुलाई नयाा घर बनाएर पनि यहाँ राज्यको तहबाट वितरण गरिएको छ । गाउँ गाउँमा खानेपानी पुर्याउने अभियान निरन्तर चलीरहेका छन् भने हरेक पालिकामा अस्पतालहरु सञ्चालनमा छन् । कृषिलाई आधुनीकरण गर्न बिभिन्न कृषि जोनका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । त्यसैले यस क्षेत्रका मतदाता भन्छन् यो क्षेत्रको विकास र समृद्धि आउनुमा यस क्षेत्रबाट जीतेर जाने प्रतिनिधीसभा सदस्यको महत्वपूर्ण देन छ । उहाँले त्यहि अनुसारको निती बनाउनु भयो । बनाएको नितीलाई कार्वान्वायन गर्न निर्देशन गर्नु भयो र कामबाट परिणाम प्राप्त भयो ।

स्थानीय मात्रै नभएर राष्ट्रिय स्तरमा समेत धेरै महत्वपूर्ण र राष्ट्र हित हुने काम उहाँले गर्नु भएको भन्दै गौरादह नगरपालिका वार्ड ३ कि गोमा पोखरेल भन्नु हुन्छ ‘उहाँ प्रधानमन्त्री भएकै बेला नेपालले नया नक्सा प्राप्त गर्यो र आफ्नो गुमेको जमिन प्राप्त भयो । ’ यती मात्रै नभएर उहाँ प्रधानमन्त्री भएकै बेला ढलेको धरहरा बनाएर देशलाई भुकम्प पछि पूःन निर्माण गराएर फेरी उठाउन सक्ने गरी उहाँकै नेतृत्वमा काम भएको समेत उहाँले स्मरण गर्नुभयो ।

दमक १० का कुल बहादुर कट्वाल भन्नु हुन्छ ओली प्रधानमन्त्री हुदा देशभरनै विकासमा नयाँ छलाङ आयो । त्यसका केहि बाछीटा झापा ५ मा पनि आइपुगे । जसले गर्दा यहाँ आवश्यक पर्ने ठाउँमा पुल बनेका छन् । सडक बनेका छन् । तर उहाँको संकल्प अनुसार यसै क्षेत्रमा बन्ने भनिएको औद्योगीक पार्क बन्न सकेको छैन । दमक बिजनेश कप्लेक्स बन्यो तर त्यो पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । प्रदेश स्तरको सभाहल समेत बनीसकेको छ तर त्यो सञ्चालनमा आउन सकेको छैन । यी कुराहरु सञ्चालनमा आउने हो भने अझ कामको परिणाम देखिने थियो कि भन्ने कट्वाललाई लागेको छ ।

यद्यपी विकासमा नयाँ रेखा कोर्न सक्ने र ती रेखामा हिडाउन सक्ने नेताकोका अवगुणको मात्रै पछिल्लो पुस्ताले बुझेको भन्दै यस क्षेत्रका मतदाताले दुख पनि व्यक्त गरेका छन् । गरेका काम र परिणामलाई स्विकार गर्न नसक्नेहरुले विरोध गरेको भन्दै दमक ८ का नरनाथ खरेलले आक्रोस पोख्नु भएको छ ।

जेन जी आन्दोलनबाट बनेको अन्तरीम सरकारले फागुन २१ का लागी चुनावको मिती घोषणा गरेको छ । चुनाव आउने दिन नजिकीदै गर्दा मतदाता पनि उत्साही भइरहेका छन् । काम गरेका र गर्न सक्ने योग्य उम्देवारलाई मदातान गर्न मतदाताहरु व्यग्र प्रतिक्षामा समेत रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी

मोरङमा मेला, महोत्सव र विवाहमा डिजे बजाउन रोक

विराटनगर,१२ साउन ।जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण

सरकार र डा. केसी बीच ७ बुँदे सहमति, ५ औँ दिनमा तोडियो अनसन

धनगढी,१२ साउन । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बस्नु भएको ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने

काठमाडौं/ स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको ‘स्वास्थ्यकर्मी तथा