आसन्न निर्वाचन : केपि ओलीको निर्वाचन क्षेत्रका मतदाताले ओलीलाई यसरी सम्झीए

भन्छन् यो क्षेत्रको मात्रै नभएर देशलाई विकासमा नयाँ मोडमा बदल्ने नेता केपी ओलीनै हो

दमक, १४ मंसिर । पहिलो संविधानसभाको चुनाव बाहेक झापाको क्षेत्र नं ५ को संसदीय चुनाव एमालेका लागी लाल किल्ला नै हो । लाल किल्ला पनि यती कि देशभरको मतपरिणाममा सबैभन्दा सर्वाधीक मत परिणाम ल्याएर केपि शर्मा ओलीले निर्वाचन जीतिरहनु भएको छ । कुनै बेला विकासमा निकै पछि परेको यो क्षेत्र पछिल्लो दशकलाई हेर्ने हो भने विकासको रोल मोडलको रुपमा स्थापीत हुन थालेको छ । यो क्षेत्रमा स्मार्ट सिटिकालागी गौरीगञ्जमा प्रकृयागत काम सुरु भएको छ ।

देशकै नमुना कृषि गौरादहमा फस्टाएको छ प्राङ्गारीक मल उत्पादन र ब्राण्डीङमा कमल गाउँपालिकाले काम गरिरहेको छ भने व्यापारीक शहरको रुपमा दमक नगरले काम गरिरहेको छ । फूसको छानो भएकाहरुले जस्ताको छानो पाएका छन् भने घर बिहिन भएकाहरुलाई नयाा घर बनाएर पनि यहाँ राज्यको तहबाट वितरण गरिएको छ । गाउँ गाउँमा खानेपानी पुर्याउने अभियान निरन्तर चलीरहेका छन् भने हरेक पालिकामा अस्पतालहरु सञ्चालनमा छन् । कृषिलाई आधुनीकरण गर्न बिभिन्न कृषि जोनका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । त्यसैले यस क्षेत्रका मतदाता भन्छन् यो क्षेत्रको विकास र समृद्धि आउनुमा यस क्षेत्रबाट जीतेर जाने प्रतिनिधीसभा सदस्यको महत्वपूर्ण देन छ । उहाँले त्यहि अनुसारको निती बनाउनु भयो । बनाएको नितीलाई कार्वान्वायन गर्न निर्देशन गर्नु भयो र कामबाट परिणाम प्राप्त भयो ।

स्थानीय मात्रै नभएर राष्ट्रिय स्तरमा समेत धेरै महत्वपूर्ण र राष्ट्र हित हुने काम उहाँले गर्नु भएको भन्दै गौरादह नगरपालिका वार्ड ३ कि गोमा पोखरेल भन्नु हुन्छ ‘उहाँ प्रधानमन्त्री भएकै बेला नेपालले नया नक्सा प्राप्त गर्यो र आफ्नो गुमेको जमिन प्राप्त भयो । ’ यती मात्रै नभएर उहाँ प्रधानमन्त्री भएकै बेला ढलेको धरहरा बनाएर देशलाई भुकम्प पछि पूःन निर्माण गराएर फेरी उठाउन सक्ने गरी उहाँकै नेतृत्वमा काम भएको समेत उहाँले स्मरण गर्नुभयो ।

दमक १० का कुल बहादुर कट्वाल भन्नु हुन्छ ओली प्रधानमन्त्री हुदा देशभरनै विकासमा नयाँ छलाङ आयो । त्यसका केहि बाछीटा झापा ५ मा पनि आइपुगे । जसले गर्दा यहाँ आवश्यक पर्ने ठाउँमा पुल बनेका छन् । सडक बनेका छन् । तर उहाँको संकल्प अनुसार यसै क्षेत्रमा बन्ने भनिएको औद्योगीक पार्क बन्न सकेको छैन । दमक बिजनेश कप्लेक्स बन्यो तर त्यो पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । प्रदेश स्तरको सभाहल समेत बनीसकेको छ तर त्यो सञ्चालनमा आउन सकेको छैन । यी कुराहरु सञ्चालनमा आउने हो भने अझ कामको परिणाम देखिने थियो कि भन्ने कट्वाललाई लागेको छ ।

यद्यपी विकासमा नयाँ रेखा कोर्न सक्ने र ती रेखामा हिडाउन सक्ने नेताकोका अवगुणको मात्रै पछिल्लो पुस्ताले बुझेको भन्दै यस क्षेत्रका मतदाताले दुख पनि व्यक्त गरेका छन् । गरेका काम र परिणामलाई स्विकार गर्न नसक्नेहरुले विरोध गरेको भन्दै दमक ८ का नरनाथ खरेलले आक्रोस पोख्नु भएको छ ।

जेन जी आन्दोलनबाट बनेको अन्तरीम सरकारले फागुन २१ का लागी चुनावको मिती घोषणा गरेको छ । चुनाव आउने दिन नजिकीदै गर्दा मतदाता पनि उत्साही भइरहेका छन् । काम गरेका र गर्न सक्ने योग्य उम्देवारलाई मदातान गर्न मतदाताहरु व्यग्र प्रतिक्षामा समेत रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय