एमाले महाधिवेशन प्रतिनिधिको रुपमा झापामा पुरानै अनुहारहरु छानिए

झापा, १४ मंसिर । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रुपमा झापामा पुरानै अनुहारहरु छानिएका छन् । पार्टीले युवा क्लस्टर भनेर व्यवस्था गरेपछि त्यसमा ४० वर्षभन्दा कम उमेरका युवाहरु परेपनि खुल्ला र महिलातर्फ भने विभिन्न कमिटी र पदमा रहिसकेका पुरानै अनुहारहरु महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

झापा क्षेत्र नं –१ मा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित हुँदा महिलातर्फ रमा भण्डारी , जानुका ओली र युवातर्फ दीपक बराल निर्वाचित हुनु भएको छ ।

क्षेत्र नं–३ मा खुल्ला तर्फ छवि लाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिला तर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा तर्फ अग्नि प्रसाद सापकोटा(अनिल) निर्वाचित हुनु भएको छ।

क्षेत्र नं –४ मा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिम बहादुर कार्की ,महिला तर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी निर्वाचित हुनु भएको छ।
क्षेत्र नं ५ मा खुल्लातर्फ अम्विका प्रसाद खनाल, शिव ढुुंगेल, होम बहादुर थापा, तुलसी कार्की,महिला तर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुंगेल दाहाल तथा युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित हुनु भएको छ ।
यसै गरी क्षेत्र नं २ मा पनि पुरानै अनुहारहरु आउने छाँटकाट देखिएको छ । खुल्लामा एकराज कार्की , सुवास भट्टराई , प्रेमबहादुर गिरी लगायत निर्वाचित हुने देखिएको छ भने महिलामा पवित्रा पाठक र पवित्रा महतारा प्रसाई तथा युवामा खगेन्द्रराज आङदम्बे (राज) निर्वाचित हुने देखिएको छ । यद्धपि विवादका कारण मतगणना रोकिएको छ । बिहानको राति २.३५ बजे स्थगित मतगणना आज बिहान ८ बजेदेखि सुचारु हुने बताइएपनि अझै शुरु हुन नसकेको स्रोतले जनाएको छ।

झापामा दुई दलित सहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् भने दलित तर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन

वीरगञ्जका निश्चित क्षेत्रमा निषेधाज्ञा जारी

रौतहट,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला

मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी कडा

काठमाडौं,१५ साउन । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ ।

सुकुम्बासी बस्तीका प्रभावित बालबालिकाको पढाइ रोकिँदैनः शिक्षामन्त्री

काठमाडौं,१५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भएको

प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

काठमाडौं ,१५ साउन। प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर,१५ साउन । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन