एमाले महाधिवेशन प्रतिनिधिको रुपमा झापामा पुरानै अनुहारहरु छानिए

झापा, १४ मंसिर । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रुपमा झापामा पुरानै अनुहारहरु छानिएका छन् । पार्टीले युवा क्लस्टर भनेर व्यवस्था गरेपछि त्यसमा ४० वर्षभन्दा कम उमेरका युवाहरु परेपनि खुल्ला र महिलातर्फ भने विभिन्न कमिटी र पदमा रहिसकेका पुरानै अनुहारहरु महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

झापा क्षेत्र नं –१ मा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित हुँदा महिलातर्फ रमा भण्डारी , जानुका ओली र युवातर्फ दीपक बराल निर्वाचित हुनु भएको छ ।

क्षेत्र नं–३ मा खुल्ला तर्फ छवि लाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिला तर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा तर्फ अग्नि प्रसाद सापकोटा(अनिल) निर्वाचित हुनु भएको छ।

क्षेत्र नं –४ मा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिम बहादुर कार्की ,महिला तर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी निर्वाचित हुनु भएको छ।
क्षेत्र नं ५ मा खुल्लातर्फ अम्विका प्रसाद खनाल, शिव ढुुंगेल, होम बहादुर थापा, तुलसी कार्की,महिला तर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुंगेल दाहाल तथा युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित हुनु भएको छ ।
यसै गरी क्षेत्र नं २ मा पनि पुरानै अनुहारहरु आउने छाँटकाट देखिएको छ । खुल्लामा एकराज कार्की , सुवास भट्टराई , प्रेमबहादुर गिरी लगायत निर्वाचित हुने देखिएको छ भने महिलामा पवित्रा पाठक र पवित्रा महतारा प्रसाई तथा युवामा खगेन्द्रराज आङदम्बे (राज) निर्वाचित हुने देखिएको छ । यद्धपि विवादका कारण मतगणना रोकिएको छ । बिहानको राति २.३५ बजे स्थगित मतगणना आज बिहान ८ बजेदेखि सुचारु हुने बताइएपनि अझै शुरु हुन नसकेको स्रोतले जनाएको छ।

झापामा दुई दलित सहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् भने दलित तर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय