बाहुनडाँगी , २१ मंसीर | हात्तीले खाएर उब्रेको मात्रै मान्छेले खाने । अनी यसैबाट जिविको पार्जन गर्ने मात्रै नभएर व्यवसायीक कृषक बन्ने सपना देखेका छन् झापा मेचिनगर नगरपालिका वार्ड ४ बाहुनडाँगीका किसानहरुले । सुन्दा अनौठो लाग्न सक्छ । खेतबारीमा लगाएको बाली हात्तीले खाने र बचेको बाट के खाने कती खाने ? अनौठो लागेपनि यो बास्तविकता हो । यस क्षेत्रका नागरिक हात्तीलाई सास्ती हैन साथी मैत्री व्यवहार गर्न थालेका छन् । त्यसैले हात्तीलाई नबचाएसम्म आफुहरु सुरक्षीत नहुने पनि यस क्षेत्रका नागरिकले बिस्वास गरेका छन् । त्यसैैले उनीहरुले अहिले यस्तो बाली लगाउन थालेका छन कि हात्ती प्रवेश गर्ने ठाउँमै हात्तीले खाने बाली लगाइदिने । स्थानीय किसान देवि प्रसाद आचार्य भन्नु हुन्छ हामीले हात्तीलाई चीन्न सकेनौ ।
मान्छेले एउटा बाँदर पालेर त्यहि बाँदर देखाएर जिविको पार्जन गरेको छ भने हामीसग त हात्ती छन् । तीनै हात्तीको संरक्षण गरेर पर्यटनसग जोडेर हामी आय आर्जन गर्न किन नसक्ने ? उहाँका अनुसार हात्तीलाई के मन पर्छ ? त्यस अनुसारका बाली र फलफूल समेत लगाउन नर्सरीनै निर्माण गरिएको छ । राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत यहाँ हात्तीमैत्री नर्सरी निर्माण गरीएको र त्यहि अनुसारका विरुवा र बाली लगाउने काम गरिरहिएको छ ।
उसो त यहाँ किसानलाई व्यवसायीक बनाउन अन्य प्रयास पनि गरिएका छन् । खासगरी हात्तीले मानव बालीमा पसेर हैरानी लगाएपछि अव हात्ती आउने करीडोरमै हात्तीले खाने बाली लगाइदिने र त्यहाँ देखी बाँकी रहेको जमिनमा यहाँका किसानलाई व्यवसायीक खेती गर्न प्रोत्साहन गर्ने काम पनि चलीरहेको छ । सो अनुसार किसानहरु अहिले आफ्नो जमिनमा मात्रै नभएर अन्यको अधिया लिएर भएपनि व्यवसायीक खेती गर्न उत्साहीत भइरहेका छन् ।
यहाँको उत्पादनलाई बिषादी रहित कसरी बनाउने भन्ने अभियान पनि चलीरहेको छ । जसकालागी समेत राज्यले लगानी गरीरहेको छ । राज्यबाट भएको लगानीबाट किसानहरु प्राङ्गारीक उत्पादन गर्न प्रोत्साहीत भइरहेका छन । यही ठाउँका कमल नेपाल घरमै पालेका पशुबाट उत्पादीत मलमात्रै प्रयोग गरेर बालीमा लगाउनु हुन्छ । उत्पादन राम्रो भएको छ । बजारले ठाउँ पाएको छ । उपभोक्ता घर घरमै आएर समेत खरिद गर्दा यो प्राङ्गारीक खेतीमा थप जागर चल्न थालेको अनुभव नेपालले सुनाउनु भयो ।
हात्तीलाई सास्ती हैन साथी बनाउँ । हाँत्ती देखाएर र हाँत्तीबाटै बाहुनडाँगीको पहिचान बनाउँ । साथै हात्तीलाई आम्दानीको प्रमुख श्रोत बनाउन भन्ने सोच यहाँको सरकारले राखेको छ । मेचि नगर नगरपालिका वार्ड ४ का वार्ड अध्यक्ष अर्जुन कार्की भन्नु हुन्छ बाहुनडाँगी नेपालभरनै हाँत्ती प्रभावति क्षेत्र भनेर परिचीत छ । तर त्यही हात्तीलाई पर्यटनसग जोडेर किन काम नगर्ने ? यहाँका किसानलाई हात्तीसग मानवमैत्री व्यवहार गर्दा हुने फाईदाका बारेमा किन सचेतना नजगाउने? भन्ने सोचका साथ हात्तीमैत्री किसान समुह बनाइएको वार्ड अध्यक्ष कार्कीले बताउनु भयो । यो समुहलाई आवश्यक पर्ने सबै श्रोत साधानको व्यवस्थापन वार्ड र नगरपालिका साथै अन्य दातृ निकाय मार्फत पनि सहयोग गरिदै आइएको छ । किसानहरलाई उत्पादनमा सहज होस भनेर यस खाले कार्यक्रमलाई बढि प्राथमीकता दिइएको उहाँले बतउनु भयो ।
बाहुनडाँगी अर्थात झापाको पूर्वि सिमावर्ती क्षेत्र । मेचि नगर नगरपालिकाको वार्ड ४ मा पर्ने यो क्षेत्र कृषिका लागी निकै उर्भर भूमि हो । तर केहि समय अघी सम्म यस क्षेत्रमा लगाइएका हरेक बाली हात्तीका कारण क्षती बिहोर्न यस क्षेत्रका किसान बाँध्य थीए । तर अहिले हात्ती आउने करीडोरमै हात्तीले खाने बालीनै लगाइदिएपछि अन्य किसान व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । किसानलाई व्यवसायीक बनाउन आधुनीक कृषि औजारकोको व्यवस्थापन, मल तथा अन्य प्राबिधिक ज्ञानबारेको सचेतनाका कार्यक्रम र बजारलाई थप सुनिश्चिीत गर्ने हो भने यस क्षेत्रले कृषिको क्षेत्रमा कायापलट गर्ने सम्भावना बोकेको छ ।









