अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

तीन झापाली पत्रकारलाई टंकप्रसाद–रमादेबी पाठक पत्रकारिता पुरस्कार

विर्तामोड, २३ मंसिर । भ्रष्टाचार विरुद्ध कलम चलाए वापत तीन जना झापाली सञ्चारकर्मी एकसाथ पुरस्कृत भएका छन् ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले मंगलवार विर्तामोडमा ती पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा सञ्चारकर्मी चिरन्जिबी घिमिरे, इन्दू पूर्वेली र सुरेन्द्र भण्डारी हुनुहुन्छ । उहाँहरुमध्ये घिमिरेलाई यो वर्षको ५० हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरियो । त्यस्तै पूर्वेली र भण्डारीलाई गत वर्षको पुरस्कार राशीबाट दामासाही २५ हजार २ सय २५ रुपैयाँका दरले प्रदान गरिएको छ ।

सुशासन प्रवर्द्धन र  भ्रष्टाचार न्युनीकरणमा टेवा पुग्ने खालका रिपोर्टिङ गरेको भन्दै नेपाल पत्रकार महासंघले उहाँहरुलाई पुरस्कारका लागि योग्य ठहर्‍याएको हो । यसका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले कार्यविधि समेत बनाएको बताइएको छ ।

पुरस्कार वितरण गर्दै पे्रस काउन्सिलका नवनियुक्त अध्यक्ष कुमार आचार्यले भ्रष्टाचार न्युनीकरणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लंघनका घटना बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न पत्रकारसम्वद्ध संघसंस्थाले क्रियाशीलता बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।

सोही कार्यक्रममा लैङ्गिक हिंसा न्युनीकरणको क्षेत्रमा कलम चलाएवापत सञ्चारकर्मी ज्योत्स्ना श्रेष्ठ र रन्जिता खड्कालाई पनि पुरस्कृत गरिएको थियो ।

अमेरिकाको टेक्सासमा मुख्य कार्यालय रहेको हेम–सरिता फाउन्डेसनले सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघमा ५ लाख ५ हजारको अक्षयकोष खडा गरेको छ । सोही कोषको व्याजबाट तीन वर्षदेखि ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहितको पत्रकारिता पुरस्कार प्रदान गरिंदै आएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

हेम–सरिता फाउन्डेसनले हरेक वर्ष काठमाडाैंमा पनि छुट्टै कार्यक्रम गरेर एक लाख राशीकाे टंकप्रसाद–रमादेबी पत्रकार पुरस्कार वितरण गर्दै आएकाे छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा