देशैभरी स्थानीय तहहरूले कर असुल गरिरहेको गुनासो बढेपछि संघीय सरकारद्धारा हस्तक्षेप

झापा,२४ मंसिर । संघीय सरकारले प्रदेश र स्थानीय सरकारहरूलाई मालवस्तुको ढुवानी र सेवा विस्तारमा कुनै पनि प्रकारको कर वा शुल्क नलगाउन सचेत गराएको छ। हालै धनकुटाको अलैँचीलाई धरान उपमहानगरपालिकाले कर लगाएको घटना सार्वजनिक भएपछि देशभरका स्थानीय सरकारहरूले लगाउँदै आएको ढुवानी करको विषय पुनः विवादमा तानिएको स्रोतले जनाएको छ ।

 

अर्थ मन्त्रालयले यस्तो कर असुली नेपालको संविधान र प्रचलित कानुन विपरीत हुने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेश सरकारलाई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा यस्तो कर नलगाउन अनुरोध गर्ने निर्णय गरेको हो।

प्रवक्ता पाण्डेयले स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भई ढुवानीका लागि मात्रै आफ्नो मार्ग हुँदै लगेको मालवस्तुमा कुनै पनि कर वा शुल्क असुल गर्न नपाउने बताउनु भएको छ। अर्थ मन्त्रालयले यस्तो अवैध करले स्थानीय कृषक, व्यवसायीलाई मात्रै नभई समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पुग्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि एक तहबाट अर्को तहमा हुने वस्तुको ढुवानीमा कर र शुल्क लगाउन नपाउने स्पष्ट व्यवस्था गरेको भए पनि त्यस विपरीत देशैभरी स्थानीय तहहरूले कर असुल गरिरहेको गुनासो बढेपछि संघीय सरकारले यो हस्तक्षेप गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय