कोशी प्रदेशमा कति लगानिको आयोजना ठेक्का भयो ?

विराटनगर,२५ मंसिर । कोशी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १० अर्ब रुपैयाँबराबरको दुई हजार आयोजना ठेक्का प्रक्रियामा लगेको स्रोतले जनाएको छ । मन्त्रालयलले जनाएअनुसार स्रोत सुनिश्चित भइसकेका वहुवर्षीय योजनाबाहेक कुल १९४८ वटा योजना ठेक्का प्रक्रियामा गएका हुन्।

 

मन्त्रालयका अनुसार मंसिर २० भित्र सबै योजना ठेक्का प्रक्रियामा लैजान निर्देशन दिइएको हो। भौतिक पूर्वाधार तथा विकासमन्त्री भूपेन्द्र राईले भन्नु भयो, “यसबाट सकारात्मक परिणाम देखिएको छ । कतिपय जिल्लाको प्रगति ९७ प्रतिशतसम्म छ ।”

मन्त्री राईले आर्थिक वर्षको अन्तिम चौमासमा ठेक्का लगाउने प्रवृत्ति अन्त्य गर्न आर्थिक वर्षको सुरुवातबाटै काम थालिएको बताउनु भयो । उहाँका अनुसार गत असोज महिनामा बाढीपहिरोबाट बढी प्रभावित भएको इलाम बाहेकका जिल्लामा ठेक्काको प्रगति उल्लेख्य भएको बताउनु भयो । उहाँले भन्नु भयो,“त्यहाँ संघीय सरकारबाट समेत काम हुने भएकाले केही ढिलो भएको देखिएको छ । तर, प्रक्रिया भने सुरु भइसकेको छ ।”

बाँकी कतिपय जिल्लामा जग्गा विवाद देखिएको मन्त्री राईले बताउनु भयो । बहुवर्षीय योजना सिफारिस हुन बाँकी रहेकाले ती पनि चाँडै टुंगो लाग्ने उहाँको भनाइ छ । कोशीमा विगतमा वैशाख–जेठमा पनि ठेक्का खुल्ने गरेको थियो । कतिपय मसिना र साना योजना कोटेसनमार्फत गराइने गरेकामा त्यसलाई मन्त्रालयले रोक लगाएको स्रोतले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार रकम विनियोजनका आधारमा सोलुखुम्बुमा ९७ दशमलब १५, मोरङमा ९५.७४, उदयपुरमा ९२.१०, खोटाङमा ९० र पाँचथरमा ८० प्रतिशत, ताप्लेजुङमा ७९.४९, भोजपुरमा ७५.०६, धनकुटामा ७५.५४, सुनसरीमा ७३.४४, तेह्रथुममा ७०.७६, संखुवासभामा ६६.२१, झापामा ६६, ओखलढुंगामा ६४.२१ र इलाममा ५३.१६ प्रतिशत योजना ठेक्का प्रक्रियामा गएको छ ।

यसैगरी, योजना संख्याका अधारमा इलाममा सबैभन्दा कम १५.७०, संखुवासभामा ४६.३०, झापामा ५१, धनकुटामा ५९, सुनसरीमा ६१.४८, मोरङ ६२.४८ र पाँचथरमा ६३.६१ प्रगति देखिएको मन्त्रालयले बताएको छ । खोटाङमा ७२, तेह्रथुम ७४.२९, ओखलढुंगा ७८.३३, भोजपुरमा ८२.२८, उदयपुर ८२.२८, सोलुखुम्बु ८७ र ताप्लेजुङमा ९४.२३ प्रतिशत प्रगति देखिएको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय