पठन संस्कृतिप्रति युवाकाे चासाे

डीपीएलको छैटौं महाधिवेशन दमकमा हुँदै, अब यी युवाले सम्हाल्नेछन् पुस्तकालय

  1. दमक, २५ मंसिर ।  डाईनामिक पव्लिक लाइब्रेरीको छैटाैं महाधिबेसन झापाको दमकमा हुने भएको छ ।
    यही २७ गते बिहान ९ बजे देखी गोर्खा डिपार्टमेण्टको हलमा हुने जनाइएको छ ।
    आज यसको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गर्दै डिपिएलका सबै शाखाबाट प्रतिनिधीको टुङ्गो लागीसकेको र सबैको सहभागीतामा महाविधेशन भव्य रुपमा सम्पन्न गर्ने तयारी भइरहेको अध्यक्ष अनु आचार्य भण्डारीले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा यूवाहरुमा पठन सस्कृतीको विकास गराउन बिभिन्न काम र कार्यक्रम गरिएको जानकारी समेत गराउनु भएको थियो ।

 

यस्तै यो बिचमा सस्थालाई देशका बिभिन्न स्थानमा शाखा बिस्तार गर्दै डिपिएलको अभियानमा सहभागी गराउने कार्यक्रमहरु भएको र यसले यूवाहरुमा सकरात्मक सोच र पठन सस्कृती तथा उद्यमी बन्नु पर्छ भन्ने भावनाको विकास गराउन समेत महत्वपूर्ण काम गरीएको महासचिव गुणराज गिरीले सो अवसरमा जानकारी दिनुभयो ।

पछिल्लो समय यूवाहरुमा हराउँदै गएको पठन सस्कृतीलाई निरुत्साहित गर्दै पुस्तक पढ्न पर्छ, पढ्नेले मात्रै नया खोज र सोच बनाउन सक्ने भन्ने उद्धेस्यका साथ डिपिएल गठन गरिएको यसका सस्थापक अध्यक्ष भेषराज न्यौपानले जानकारी दिनुभयो । यो अभियान देशभर मात्रै नभएर विदेश सम्म पुर्याउने लक्ष्य राखीएको समेत उहाँले उल्लेख गर्नुभयो ।

छैटौ महाधिवेशनबाट अहिलेका बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद खतिवडा(दिवस) अध्यक्ष बन्नु हुने करिव निश्चित देखिएको छ । निर्वाचन समितीले सार्वजनिक गरेको उम्मेद्धवारको नामावालीमा अध्यक्षमा खतिवडा, वरिष्ठ उपाध्यक्षमा गुणराज गिरी, महासचिवमा कमल गैरे, उपाध्यक्षमा मनि गिरी, कोषाध्यक्षमा जीवलोक सापकोटा र निर्देशकहरुमा जेनीस चौलागाई, अस्विन तिम्सिना, दिपक न्यौपाने र मनिका गिरीको एकल नाम सार्वजनीक गरेको छ । पत्रकार सम्मेलनमै बोल्दै वर्तमान उपाध्यक्ष र महाधिबेशनमा अध्यक्ष बन्न लाग्नु भएका खतिवडाले यूवा नेतृत्वको विकास र यूवा उद्यमशीलताको क्षेत्रमा आफ्नो अनुभव र क्षमता अनुसारका काम र कार्यक्रम गर्ने समेत उल्लेख गर्नुभयो ।

डिपिएलले यूवा लक्षीत मात्रै नभएर विद्यालयमा छात्रबृत्ति प्रदान गर्ने, सार्वजनिक स्थानहरुमा पुस्तकलाय स्थापना गर्ने जस्ता सकरात्मक काम समेत गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

काठमाडौं,१३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ । केही दिनदेखि अशान्त रहेको सुनसरी

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय