समानुपातिकतर्फ भाग लिने दलहरूको नामावली आज प्रकाशन हुँदै

काठमाडौँ,२६ मंसिर । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली निर्वाचन आयोगले शुक्रबार प्रकाशन गर्दैछ।

आजै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने निर्वाचन आयोगको तयारी भएको स्रोतले जनाएको छ।

बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिन आयोगले समय दिएको थियो। यसअवधिमा कुनै पनि दलबाट नाम फिर्ताको निवेदन प्राप्त नभएको आयोगले बताएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको आयोगले जनाएको छ। ती निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली आज प्रकाशन गर्न लागेको छ।

नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न दुई साताको समय दिएको छ।

दलहरूले समानुपाति उम्मेदवारको बन्दसूची आगामी पुस १३ गते पेस गर्नुपर्ने आयोगले बताएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आगामी माघ ६ गतेदेखि मात्रै सुरु हुने पनि आयोगले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

काठमाडौं,१३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताउनु भएको छ । केही दिनदेखि अशान्त रहेको सुनसरी

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय