मन्त्रिपरिषद् विस्तार

आज ४ मन्त्रीले शपथ लिने

काठमाडौँ,२६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको छ। शुक्रबार चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् अन्तरिम सरकार विस्तार गर्न लागिएको हो ।

नयाँ मन्त्रीहरुको सपथ ३ बजेको लागि तय भएको राष्ट्रपति कार्यालय निकट स्रोतले बताएको छ । प्रधानमन्त्री कार्कीले आज श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउँदै हुनुन्छ ।

थपिन लागेका मन्त्रीमध्ये नेपाल प्रहरीका राजभण्डारी पूर्वएआईजी हुनुन्थ्यो भने इमनाङ वरिष्ठ अधिवक्ता हुनुन्थ्यो। चौलागाईं जनस्वास्थ्यविद् र श्रेष्ठ नेपाल पर्यटन बोर्डको कर्मचारी भएको बताइएको छ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि मन्त्रिपरिषद् १० सदस्यीय रहेकोमा अब १४ सदस्यीय हुने भएको छ । यसअघि बढिमा ११ जनालाई मन्त्री बनाउने बताउनु भएको प्रधानमन्त्री कार्कीले आफ्नै प्रतिबद्धताभन्दा थप ३ जनालाई मन्त्री बनाउन लाग्नु भएको छ ।

पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त हुनु भएको थियो ।

फागुन २१ मा चुनाव गराउने भन्दै गठन भएको सरकारको म्याद अब ३ महिना बाँकी छ । जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले फागुनमा चुनाव गराएर बिदा हुने बताउँदै आँउनु भएको छ। कार्यकाल सकिन ३ महिना बाँकी रहँदा ४ मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय