मन्त्रिपरिषद् विस्तार

आज ४ मन्त्रीले शपथ लिने

काठमाडौँ,२६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने हुनु भएको छ। शुक्रबार चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् अन्तरिम सरकार विस्तार गर्न लागिएको हो ।

नयाँ मन्त्रीहरुको सपथ ३ बजेको लागि तय भएको राष्ट्रपति कार्यालय निकट स्रोतले बताएको छ । प्रधानमन्त्री कार्कीले आज श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउँदै हुनुन्छ ।

थपिन लागेका मन्त्रीमध्ये नेपाल प्रहरीका राजभण्डारी पूर्वएआईजी हुनुन्थ्यो भने इमनाङ वरिष्ठ अधिवक्ता हुनुन्थ्यो। चौलागाईं जनस्वास्थ्यविद् र श्रेष्ठ नेपाल पर्यटन बोर्डको कर्मचारी भएको बताइएको छ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि मन्त्रिपरिषद् १० सदस्यीय रहेकोमा अब १४ सदस्यीय हुने भएको छ । यसअघि बढिमा ११ जनालाई मन्त्री बनाउने बताउनु भएको प्रधानमन्त्री कार्कीले आफ्नै प्रतिबद्धताभन्दा थप ३ जनालाई मन्त्री बनाउन लाग्नु भएको छ ।

पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त हुनु भएको थियो ।

फागुन २१ मा चुनाव गराउने भन्दै गठन भएको सरकारको म्याद अब ३ महिना बाँकी छ । जेनजी आन्दोलनको बलमा भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले फागुनमा चुनाव गराएर बिदा हुने बताउँदै आँउनु भएको छ। कार्यकाल सकिन ३ महिना बाँकी रहँदा ४ मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी