कोशीमा यस वर्ष धानको उत्पादन कति भयो?

झापा,२६ मंसिर। कोशी प्रदेशमा यो वर्ष धान उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको स्रोतले जनाएको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन कम भएको छ।

गत वर्ष ११ लाख २२ हजार २२१ मेट्रिक टन फलेको प्रदेशमा यो वर्ष ११ लाख २ हजार ९४९ मेट्रिक टनमा सीमित भएको हो । कृषि विज्ञहरूले रोपाइँका समयमा परेको खडेरी र काट्ने बेलामा परेका अविरल वर्षालाई उत्पादन घट्नाका मुख्य कारणका रूपमा पहिचान गरेको जनाएको छ ।

कीराको प्रकोप तथा केही क्षेत्रमा किसानले धान त्यागेर वैकल्पिक बालीतर्फ मोडिनुले पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। धान उत्पादन मात्र नभएर यो वर्ष खेतीयोग्य क्षेत्र पनि घटेको पाइएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टरमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले बताएको छ।
धान उत्पादनका प्रमुख जिल्ला मोरङ, झापा र सुनसरीमा मात्र उत्पादन घटेपछि प्रदेशको कुल तथ्यांकमा प्रत्यक्ष असर परेको छ। झापामा मात्रै करिब २८ हजार टन उत्पादन घट्दै यो वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिक टनमा सीमित भएको छ ।

मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेकोमा यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्र उत्पादन भएको छ । सुनसरीमा पनि उत्पादन २ लाख १७ हजार टनबाट घटेर २ लाख ११ हजार ६०८ टनमा झरेको छ।

कृषि विज्ञहरूले आगामी वर्ष धान उत्पादन स्थिर राख्न सुधारिएको बीउ, सिँचाइ विस्तार तथा आपतकालीन कृषि सहयोग कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय