कोशीमा यस वर्ष धानको उत्पादन कति भयो?

झापा,२६ मंसिर। कोशी प्रदेशमा यो वर्ष धान उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको स्रोतले जनाएको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा करिब २० हजार मेट्रिक टन धान उत्पादन कम भएको छ।

गत वर्ष ११ लाख २२ हजार २२१ मेट्रिक टन फलेको प्रदेशमा यो वर्ष ११ लाख २ हजार ९४९ मेट्रिक टनमा सीमित भएको हो । कृषि विज्ञहरूले रोपाइँका समयमा परेको खडेरी र काट्ने बेलामा परेका अविरल वर्षालाई उत्पादन घट्नाका मुख्य कारणका रूपमा पहिचान गरेको जनाएको छ ।

कीराको प्रकोप तथा केही क्षेत्रमा किसानले धान त्यागेर वैकल्पिक बालीतर्फ मोडिनुले पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। धान उत्पादन मात्र नभएर यो वर्ष खेतीयोग्य क्षेत्र पनि घटेको पाइएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टरमा धान खेती भएकोमा यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले बताएको छ।
धान उत्पादनका प्रमुख जिल्ला मोरङ, झापा र सुनसरीमा मात्र उत्पादन घटेपछि प्रदेशको कुल तथ्यांकमा प्रत्यक्ष असर परेको छ। झापामा मात्रै करिब २८ हजार टन उत्पादन घट्दै यो वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिक टनमा सीमित भएको छ ।

मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेकोमा यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्र उत्पादन भएको छ । सुनसरीमा पनि उत्पादन २ लाख १७ हजार टनबाट घटेर २ लाख ११ हजार ६०८ टनमा झरेको छ।

कृषि विज्ञहरूले आगामी वर्ष धान उत्पादन स्थिर राख्न सुधारिएको बीउ, सिँचाइ विस्तार तथा आपतकालीन कृषि सहयोग कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी