मोरङमा दुई अपराधी एकै रात पक्राउ

विराटनगर,२६ मंसिर । प्रहरीको आँखा छलेर हिरासत तथा सुधारगृहबाट फरार भएका दुई अभियुक्तलाई मोरङ प्रहरीले एकै रात शुक्रबार बिहानको राति पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

विराटनगरस्थित कोशी अस्पतालबाट भागेका चोरी मुद्दाका अभियुक्त र बाल सुधारगृहबाट सुरक्षाकर्मीलाई आक्रमण गरी भागेका कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीले अढाई महिना र केही हप्ताको अन्तरालपछि पक्राउ गरेको छ ।

चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको कटहरी गाउँपालिका–१ का २० वर्षीय मोहमद राजु गत असोज १२ गते अस्पतालबाटै फरार भएका थिए। कारागारमा पेट दुख्ने नाटक गरेर उपचारका लागि कोशी अस्पताल पुगेका उनी, शौचालय जाने बहानामा भेन्टिलेसनबाट हाम फालेर भागेको प्रहरीले जनाएको छ।

लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहान ४ः२५ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।। मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यस्तै, शुक्रबार नै प्रहरीले अर्का एक फरार अभियुक्तलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। विराटनगर–३ स्थित बाल सुधारगृहबाट गत कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी–६ घर भएका उनलाई हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–४ कञ्चनबारी नजिकैबाट बिहान १ः१५ बजे पक्राउ गरेको छ।

कात्तिक २० गते सुधारगृहको क्षमताभन्दा बढी कोचिएका बन्दीहरूमध्ये ७ जना प्रहरीमाथि आक्रमण गरी फरार भएका हुन्। डीएसपी चुँडालका अनुसार हालसम्म भागेका ७ मध्ये ३ जना पक्राउ परिसकेका छन् भने ४ जना अझै फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी