मोरङमा दुई अपराधी एकै रात पक्राउ

विराटनगर,२६ मंसिर । प्रहरीको आँखा छलेर हिरासत तथा सुधारगृहबाट फरार भएका दुई अभियुक्तलाई मोरङ प्रहरीले एकै रात शुक्रबार बिहानको राति पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

विराटनगरस्थित कोशी अस्पतालबाट भागेका चोरी मुद्दाका अभियुक्त र बाल सुधारगृहबाट सुरक्षाकर्मीलाई आक्रमण गरी भागेका कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीले अढाई महिना र केही हप्ताको अन्तरालपछि पक्राउ गरेको छ ।

चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको कटहरी गाउँपालिका–१ का २० वर्षीय मोहमद राजु गत असोज १२ गते अस्पतालबाटै फरार भएका थिए। कारागारमा पेट दुख्ने नाटक गरेर उपचारका लागि कोशी अस्पताल पुगेका उनी, शौचालय जाने बहानामा भेन्टिलेसनबाट हाम फालेर भागेको प्रहरीले जनाएको छ।

लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहान ४ः२५ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।। मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यस्तै, शुक्रबार नै प्रहरीले अर्का एक फरार अभियुक्तलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। विराटनगर–३ स्थित बाल सुधारगृहबाट गत कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी–६ घर भएका उनलाई हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–४ कञ्चनबारी नजिकैबाट बिहान १ः१५ बजे पक्राउ गरेको छ।

कात्तिक २० गते सुधारगृहको क्षमताभन्दा बढी कोचिएका बन्दीहरूमध्ये ७ जना प्रहरीमाथि आक्रमण गरी फरार भएका हुन्। डीएसपी चुँडालका अनुसार हालसम्म भागेका ७ मध्ये ३ जना पक्राउ परिसकेका छन् भने ४ जना अझै फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय