झापाबाट महामन्त्री शर्मासहित कति जना उम्मेदवारको नाम सिफारिस भयो?

झापा,२६ मंसिर । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको आयोगले जनाएको छ । पार्टी विधान बमोजिम जिल्लाका पाँच वटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिनु भयो ।

केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टी विधानबमोजिम क्षेत्रीय स्तरबाट नामावली सिफारिस गर्न निर्देशन गरेसँगै सबै क्षेत्रबाट आकांक्षी उम्मेदवारको नामावली सङ्कलन गरिएको थियो, जसमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको उहाँले बताउनु भयो ।

सचिव हुमागाईंले भन्नु भयो, “क्षेत्रीयस्तरको बैठकबाट विवादरहित ढङ्गले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस भएका छन् । प्रत्यक्षमा अन्य क्षेत्रमा तीन चार जनाको नाम आए पनि क्षेत्र नं १ मा महामन्त्रीको एकल नाम सिफारिस भएर आएको छ ।”

सोही क्षेत्रबाट समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ छत्रबहादुर गिरी, सरिता प्रसाईं र सजेश शिवाकोटी, समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी र समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा र शिला तामाङको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौलागाई, धनमाया चिमरिया,समानुपातिकतर्फ सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टङ्कबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठको नाम सिफारिस भएको छ ।

क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की र समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको सचिव हुमागाईले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय