परीक्षण प्रतिवेदन सार्वजनिक

पहिले ९९ प्रतिशत विषादी देखिएको रायोको साग अहिले सुरक्षित

दमक, २६ मंसिर । केही समयअघि ९९ प्रतिशतसम्म विषादी मिसिएको भन्दै उपयोग अयोग्य घोषित गरिएको रायोको साग अहिले भने उपभोग योग्य रहेको पुष्टि भएको छ।

दमक नगरपालिकाले नै अघिल्लो पटक सार्वजनिक गरेको परीक्षण प्रतिवेदनमा रायोको सागमा अत्यधिक विषादी देखिएपछि बजारमा तरकारीको गुणस्तरलाई लिएर गम्भीर प्रश्न उठेको थियो। तर पछिल्लो पटक गरिएको पुनः परीक्षणमा सोही रायोको सागसहित दमक बजारका विभिन्न तरकारी नमुनामा विषादी अवशेष तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्बजनिक गरेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले गरेको परीक्षणमा रायोको साग, काउली, धनियाँ, काक्रो, मुला, फर्सी लगायतका तरकारी नमुना सबै ‘उपभोग योग्य’ वर्गमा परेको नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।

प्रयोगशालाका अनुसार तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष देखिएमा उपभोग योग्य मानिने मापदण्ड रहेको छ। पछिल्लो परीक्षणमा दमकबाट संकलन गरिएका सबै नमुना सोही मापदण्डभित्र परेका हुन्। यसले अघिल्लो परीक्षणपछि किसान, व्यापारी र सम्बन्धित निकायले विषादी प्रयोगमा सावधानी अपनाएको दावी दमक नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले गर्नु भयो ।

दमक नगरपालिका र कृषि सम्बन्धित निकायले नियमित परीक्षणलाई निरन्तरता दिने र सुरक्षित उत्पादन तथा उपभोगमा जोड दिने बताएका छन्। अघिल्लो पटकको चिन्ताजनक अवस्थाबाट अहिलेको सुधारिएको नतिजाले उपभोक्तामा केही राहत मिलेको खाद्य निरीक्षक लक्ष्मी न्यौपानेले उल्लेख गर्नुभयो
अघिल्लो पटक ९९ प्रतिशत विषादी भेटिएर उपयोग अयोग्य ठहरिएको रायोको साग अहिले सुरक्षित मापदण्डभित्र परेको छ। यसले परीक्षणपछि गरिएको सुधार र निगरानीले परिणाम दिन थालेको देखाउँछ, तर उपभोक्ताको विश्वास कायम राख्न नियमित अनुगमन अझै आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय