परीक्षण प्रतिवेदन सार्वजनिक

पहिले ९९ प्रतिशत विषादी देखिएको रायोको साग अहिले सुरक्षित

दमक, २६ मंसिर । केही समयअघि ९९ प्रतिशतसम्म विषादी मिसिएको भन्दै उपयोग अयोग्य घोषित गरिएको रायोको साग अहिले भने उपभोग योग्य रहेको पुष्टि भएको छ।

दमक नगरपालिकाले नै अघिल्लो पटक सार्वजनिक गरेको परीक्षण प्रतिवेदनमा रायोको सागमा अत्यधिक विषादी देखिएपछि बजारमा तरकारीको गुणस्तरलाई लिएर गम्भीर प्रश्न उठेको थियो। तर पछिल्लो पटक गरिएको पुनः परीक्षणमा सोही रायोको सागसहित दमक बजारका विभिन्न तरकारी नमुनामा विषादी अवशेष तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्बजनिक गरेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशाला तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले गरेको परीक्षणमा रायोको साग, काउली, धनियाँ, काक्रो, मुला, फर्सी लगायतका तरकारी नमुना सबै ‘उपभोग योग्य’ वर्गमा परेको नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।

प्रयोगशालाका अनुसार तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष देखिएमा उपभोग योग्य मानिने मापदण्ड रहेको छ। पछिल्लो परीक्षणमा दमकबाट संकलन गरिएका सबै नमुना सोही मापदण्डभित्र परेका हुन्। यसले अघिल्लो परीक्षणपछि किसान, व्यापारी र सम्बन्धित निकायले विषादी प्रयोगमा सावधानी अपनाएको दावी दमक नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले गर्नु भयो ।

दमक नगरपालिका र कृषि सम्बन्धित निकायले नियमित परीक्षणलाई निरन्तरता दिने र सुरक्षित उत्पादन तथा उपभोगमा जोड दिने बताएका छन्। अघिल्लो पटकको चिन्ताजनक अवस्थाबाट अहिलेको सुधारिएको नतिजाले उपभोक्तामा केही राहत मिलेको खाद्य निरीक्षक लक्ष्मी न्यौपानेले उल्लेख गर्नुभयो
अघिल्लो पटक ९९ प्रतिशत विषादी भेटिएर उपयोग अयोग्य ठहरिएको रायोको साग अहिले सुरक्षित मापदण्डभित्र परेको छ। यसले परीक्षणपछि गरिएको सुधार र निगरानीले परिणाम दिन थालेको देखाउँछ, तर उपभोक्ताको विश्वास कायम राख्न नियमित अनुगमन अझै आवश्यक छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा