आफ्ना माग पूरा नगरे चुनाव हुन नदिने दुर्गा प्रसाईंको चेतावनी

दमक,२८ मंसिर । नागरिक बचाउँ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफुहरुसग भएको सम्झौता सरकारले सुरु नगरे आगामी चुनाव हुन नदिने बताउनु भएको छ ।

शनिबार झापाको कमल स्थित आदिवासी रङ्गशलामा राष्ट्रिय परिवर्तन पार्टिको घोषणासभालाई सम्बोधन गर्दै उहाँले मंसिर २२ गते अन्तरीम सरकारको प्रधानमन्त्री शुशीला कार्की सहित भएको सहमती पुरा नगरे सरकारले तोकेको चुनाव नै हुन नदिने चेतावनी दिनु भएको हो । उहाँ भन्नु हुन्छ ‘ यदी सरकारले आफुहरुसग गरेको सम्झौता पुरा नगरे जनताले विद्रोह गर्ने छन् । यसमा सबै नागरिकको सहभागीता हुने छ । त्यसैबाट अहिलेको यो अवस्था, व्यवस्था सबै फकेर नयाँ संविधान बनाएर देशलाई निकास दिनु पर्ने हुन्छ । दुर्गा प्रसाईले सरकारसग २७ बुँदे माग राखेको थियो ।

प्रसाईंको अभियानले आफ्नो मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरू समावेश गरेको छ । यी मध्ये अहिलेको सरकारले अधिकार सम्बद्ध मागहरु पुरा गर्ने सहमती भएको थियो । यसै बिच पुष २ गते थप वार्ता हुने पनि प्रसाईले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि