नागरिकता नहुँनेले रुँदै देश छोडेको व्यथा गजलमा

पथरी, २८ मंसिर / गजलकार राहुल शंकरको गजल सङ्ग्रह ‘नयाँ अध्याय’ ले नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोडेको छ ।

 

‘द मार्जिन’ले प्रकाशनमा ल्याएको सो कृतिको काठमाडौंमा लोकार्पण गर्दै वक्ताहरुले देशविहीनताको पीडाले सृजनाको जन्म भएको उल्लेख गरेका छन् । वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गर्नुभएको थियो ।

 

नागरिकता बोक्नेहरुले हाँस्दै देश छोडेको र नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोड्दै कृतिका लेखक राहुल शंकरमा देशभक्त भावना र उनका सिर्जनाहरु साँच्चिकै देशप्रेमले ओतप्रोत भएको कुरा वक्ता प्रकाश आङ्देम्बेले उल्लेख गर्नुभयो । जो भुटानी शरणार्थीको जल्दोबल्दो प्रसंग थियो । गजलकार शंकर झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी १ बाट तेस्रो मुलुक पुनर्वासका क्रममा क्यानडामा बसोबास गर्दै आउनु भएको छ ।

 

 

त्यसैगरी अर्का वक्ता शितल कादम्बिनीले ’राहुलका गजलहरु समकालीन नेपाली गजलको दुनियाँमा एक उत्कृष्ट गजल कृतिको रुपमा प्रकाशित भएको बताउनु भयो । कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न विमोचन कार्यक्रममा सो कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी