नयाँ राजनीतिक संस्कारको विकास गराउन जेनजी अभियन्ताको जोड

दमक, २८ मंसिर । पुराना राजनैतिक सस्कारले नेपालमा भ्रष्टचार गर्न प्रोत्साहन गरिरहेकोले त्यसका विरुद्धमा नयाँ राजनैतिक सस्कार विकास गर्न आवश्यक रहेको जेन जी फ्रन्टकी संयोजक रक्षा बलमे बताउनु भएको छ ।

 

आईतबार झापाको दमकमा निर्वाचन क्षेत्र नं ५ स्तरीय जेन जी जागरणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो यदी पुरानै राजनितीलाई नयाँ पुस्ताले पनि पछ्यायो भने फेरी भ्रष्टचार हुनपो उद्धत हुने हो कि भन्ने डर हामीलाई लागीरहेको छ । ’

यस्तै सो सभालाई सम्बोधन गर्दै अर्का जेन जी अभियान्ता यतिष ओझाले भने नेकपा एमालेलाई जवाफ दिनु भएको छ । एमाले महाधिवेसनका बेला बोल्ने वक्ताहरुले २४ गते सिंहदरबार जालाउनेलाई विर्सेका छैनौ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिदै ओझाले भन्नु भयो हामीले त्यसबेलाका प्रधानमन्त्रीलाई देशको धन र देशबारीको जन जोगाउन प्रधानमन्त्री बनाएका हौ कि हैनौ ? देशको जनताको रक्षा गर्ने भनेर सपथ खाएकाहरुले नै यसका विरुद्धमा अभिव्यक्ति दिनु के नैतिकवान हो भन्दै उहाँले प्रहरी र प्रशासनलाई समेत प्रश्न गर्नु भएको छ ।

नेशनल जेन जी फ्रन्टको आयोजना र अग्रगामी झापा ५ को स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा प्रचार गरीए जती भने सहभागी रहेका थिएनन । यद्यपि सहभागी जति भएपनि यसले यूवा पुस्ता परिवतर्नको पक्षमा छन् भन्ने सन्देश चाहि दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय