विपत् सङ्कटग्रस्त जिल्ला घोषणा

सरकारले पुुनर्निर्माणको काम गर्न नसकेको इलाम जिल्लावासीको गुनासो

इलाम,२९ मंसिर । इलाममा असोज १८ गते रातिको बाढीपहिरोका कारण ३ सय अडतीस घर पूूर्ण रूपमा क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । अहिले ११ परिवार सामुुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले बताएको छ ।

विपत्पछि इलाममा ३९जनाले पहिरोमा परी ज्यान गुमाए भने ८२८ घरमा आंशिक क्षति भएको स्रोतले जनाएको छ । पछिल्लो पटक बाढीपहिरोपीडित परिवारको अस्थायी घर निर्माणका लागि सङ्घीय सरकारबाट ५० हजार रुपियाँका दरले राहत रकम आए पनि यो रकम अझै कतिपय पीडितको हातमा पुुग्न सकेको छैन । पहिलो किस्ताको २५ हजार रुपियाँ सबै परिवारका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकामा पठाइसकेको छ । अस्थायी घर बनाउने ५० हजार रुपियाँ राहत मध्ये पहिलो किस्ताको रकम पीडित परिवारले नबुझी दोस्रो किस्ताको थप २५ हजार रुपियाँ पठाउन नमिल्ने जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत टीका निरौलाले बताँउनु भयो ।

निरौलाका अनुसार असोज १८ को विपतपछि इलाममा करिब १२ अर्ब रुपियाँभन्दा बढीको पूूर्वाधारमा क्षति भएको भए पनि पुुनर्निर्माणका लागि केन्द्रमा बजेट विनियोजन भइसकेको छैन । सरकारले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म पुुनर्निर्माणको ठोस काम अगाडि बढ्न नसकेको जिल्लावासीको गुुनासो रहेको छ । इलाम नगरपालिका–५ का स्थानीय ठाकुर श्रेष्ठले सङ्कटग्रस्त घोषणा गरेको तीन महिना सकिन लाग्दा पनि भौतिक संरचना तथा पूूर्वाधारका कुनै क्षेत्रमा पनि आशा लाग्दो परिवर्तन नपाइएको बताउनुुभयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी पनि असोज १८ को विपत पछि इलाममा सरकारको उपस्थिति नै हराएको बताउनुुहुुन्छ । विपतबाट इलामको यातायात र पर्यटन क्षेत्रमा पनि ठुलो असर परेको इलाम उद्योग वाणिज्य सङ्घले बताएको छ । उहाँले विपत पछि इलाममा खासै पर्यटक नभित्रिएको बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय