इलाम,२९ मंसिर । इलाममा असोज १८ गते रातिको बाढीपहिरोका कारण ३ सय अडतीस घर पूूर्ण रूपमा क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । अहिले ११ परिवार सामुुदायिक भवनमा बस्दै आएको र बाँकी आफन्त र छिमेकीकोमा बस्दै आएको जिल्ला प्रशासन कार्यालय इलामले बताएको छ ।
विपत्पछि इलाममा ३९जनाले पहिरोमा परी ज्यान गुमाए भने ८२८ घरमा आंशिक क्षति भएको स्रोतले जनाएको छ । पछिल्लो पटक बाढीपहिरोपीडित परिवारको अस्थायी घर निर्माणका लागि सङ्घीय सरकारबाट ५० हजार रुपियाँका दरले राहत रकम आए पनि यो रकम अझै कतिपय पीडितको हातमा पुुग्न सकेको छैन । पहिलो किस्ताको २५ हजार रुपियाँ सबै परिवारका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकामा पठाइसकेको छ । अस्थायी घर बनाउने ५० हजार रुपियाँ राहत मध्ये पहिलो किस्ताको रकम पीडित परिवारले नबुझी दोस्रो किस्ताको थप २५ हजार रुपियाँ पठाउन नमिल्ने जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत टीका निरौलाले बताँउनु भयो ।
निरौलाका अनुसार असोज १८ को विपतपछि इलाममा करिब १२ अर्ब रुपियाँभन्दा बढीको पूूर्वाधारमा क्षति भएको भए पनि पुुनर्निर्माणका लागि केन्द्रमा बजेट विनियोजन भइसकेको छैन । सरकारले इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म पुुनर्निर्माणको ठोस काम अगाडि बढ्न नसकेको जिल्लावासीको गुुनासो रहेको छ । इलाम नगरपालिका–५ का स्थानीय ठाकुर श्रेष्ठले सङ्कटग्रस्त घोषणा गरेको तीन महिना सकिन लाग्दा पनि भौतिक संरचना तथा पूूर्वाधारका कुनै क्षेत्रमा पनि आशा लाग्दो परिवर्तन नपाइएको बताउनुुभयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी पनि असोज १८ को विपत पछि इलाममा सरकारको उपस्थिति नै हराएको बताउनुुहुुन्छ । विपतबाट इलामको यातायात र पर्यटन क्षेत्रमा पनि ठुलो असर परेको इलाम उद्योग वाणिज्य सङ्घले बताएको छ । उहाँले विपत पछि इलाममा खासै पर्यटक नभित्रिएको बताउनुभयो ।









