ओली प्यानलमा कोशी प्रदेशबाट को–को बने केन्द्रीय समितिका उम्मेदवार ?

विराटनगर,२९ मंसिर । नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले उम्मेदवारहरू टुंगो लगाएको छ । कोशी प्रदेशबाट अध्यक्ष ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा हिक्मत कार्की र शेरधन राईसहित ५ जना पदाधिकारी उम्मेदवार बन्नु भएको छ।

 

ओली पक्षले बाँकी २८२ जनाको केन्द्रीय सदस्य उम्मेदवार पनि टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट भूगोलतर्फका ९ जना उम्मेदवारमा खुलातर्फ सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका रामबहादुर मगर र झापाका इन्द्र भण्डारी रहनु भएको छ । यस्तै महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मीना उप्रेती तथा युवातर्फ ताप्लेजुङका क्षितिज थेबे उम्मेदवार बन्ने हुनु भएको छ ।

कोशी प्रदेशबाट आदिवासी जनजाति क्लस्टरमा पाँचथरका श्रीप्रसाद जबेगु, ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, धनकुटाका राजेन्द्र राई, ताप्लेजुङका पासाङ शेर्पा, भोजपुरका हेमराज राई र युवातर्फ झापाका मनोज ताम्ली उम्मेदवार बन्ने भएका छन् । आदिवासी जनजाति महिलातर्फ खोटाङकी उषाकला राई, पाँचथरका आशा जबेगु, भूमिका सुब्बा र धनकुटाकी तारा तितुङको नाम टुंगो लगाइएको छ । कोशी प्रदेशबाट मधेशी क्लस्टरमा सुनसरीका जगदीश कुसियैत र मोरङका दिलीप बगडिया उम्मेदवार बन्नु भएको छ।

यस्तै दलित महिलातर्फ कोशीबाट तेह्रथुमकी विष्णुमाया विक उम्मेदवार बन्दा थारु महिलातर्फ उदयपुरकी मञ्जु चौधरी उम्मेदवार बन्नु भएको छ। केन्द्रीय सदस्य खुल्लातर्फ संखुवासभाका राजेन्द्र गौतम, सुनसरीका भीम आचार्य, झापाका अग्नि खरेल, मोरङका लालबाबु पण्डित, संखुवासभाका तुलसी न्यौपाने, सुनसरीका प्रेम दंगाल, झापाका देवेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दीपक कार्की, खोटाङका विशाल भट्टराई र ओखलढुंगाका यज्ञराज सुनुवार उम्मेदवार बन्नु भएको छ।
यस्तै खुल्लामै झापाकै चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, झापाकै होमबहादुर थापा उम्मेदवार बनेका छन् भने खुला महिला उम्मेदवार झापाकी एलिजा गौतम, सुनसरीकी भगवती चौधरी, झापाकै गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक, खोटाङकी बिनादेवी राई, इलामकी शकुन्तला लेप्चा, झापाकी जलवर्षा राजवंशी, ओखलढुंगाकी अस्मिता थापा, मोरङकी शिल्पा निराला कार्की उम्मेदवार बन्नु भएको छ ।

ओली पक्षले उम्मेदवारको सूचीमा राखेका कतिपय व्यक्तिले उम्मेदवार बन्न अस्वीकार गरिरहेका छन् । पदाधिकारी दाबी गरिरहेका झापाका अग्नि खरेललाई सदस्यको उम्मेदवार बनाएपछि उहाँ ईश्वर पोखरेल पक्षको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । पोखरेल पक्षले भने आफ्नो समूहको अन्तिम नामावली सार्वजनिक गरेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय