प्रदेश सभा निष्क्रिय रहेका बेला सरकारको गतिविधिप्रति काेशीमा विपक्षी दलका नेता असन्तुष्ट

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित अधिकांश मन्त्री विराटनगर बाहिर ।

विराटनगर,२९ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू यतिवेला राजधानी विराटनगरमा हुनुन्न । एमालेबाट निर्वाचित मुख्यमन्त्री र मन्त्रीहरू सोही पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ केन्द्रित हुनु भएको छ । कांग्रेसका मन्त्रीहरू पनि राजधानी बाहिर रहेको कर्मचारी स्रोतले बताएको छ ।

 

एमाले महाधिवेशनका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बन्नु भएको छ । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई पनि काठमाडौँमै हुनुन्छ । जसमध्ये मगर ओली पक्षबाट केन्द्रीय सदस्यका उम्मेद्वार हुनुन्छ । अन्य मन्त्रीहरू महाधिवेशन प्रतिनिधि छन् ।

 

कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई गृहजिल्ला खोटाङको विकास निर्माणमा लाग्नु भएको छ भने पर्यटन, वन तथा वातवारण मन्त्री सदानन्द मण्डल पर्यटन बोर्डको एक कार्यक्रमका लागि काठमाडौँ पुग्नु भएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गाम पनि विराटनगर बाहिर हुनुन्छ । जेनजी आन्दोलनको तीन महिना बितिसक्दा पनि प्रदेश सभा निष्क्रियजस्तै बनेको छ । कोशी प्रदेश सभाको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा ६४ वटा विधेयक दर्ता भएकोमा ६२ वटा पास गरेको सभा अहिले निष्क्रिय छ । दोस्रो कार्यकालमा ३४ वटा विधेयक दर्ता भएकोमा २७ वटा पारित भएका छन् भने ४ वटा निष्क्रिय र २ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङबोले सरकारले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा चासो नदिएको र जानाजान संसद् छल्न खोजेको आरोप लगाउनु भएको छ । ‘जेनजी’ आन्दोलनको नाममा भएको क्षतिलाई देखाएर संसदबाट सरकार भाग्न खोजेको आङ्बोको आरोप छ । हिउँदे अधिवेशन सुरु गर्नुपर्ने समय घर्किसक्दा पनि सरकारको कुनै सुरसार नभएको भन्दै उहाँले अब विपक्षी दलहरू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनु भयो ।

आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेश सभा सचिवालयलाई विराटनगरबाट मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएको छ । संघीय सरकारको १३ करोड ७६ लाख लगानीमा बनेको यो भवन लामो समयदेखि बेवारिसे थियो । अहिले त्यहाँ सभाहल निर्माण र मर्मतका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ माग गरेको छ, तर आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत सुनिश्चितता नगरिदिँदा काम सुरु हुन सकेको छैन ।

मन्त्रालयले तयार पारेको विवरणअनुसार सबैभन्दा धेरै बजेट सभाका समितिको हल मर्मतका लागि २ करोड ८५ लाख ६४ हजार ६२४ रुपैयाँ र बैठक बस्ने सभाहल निर्माणका लागि २ करोड १३ लाख ५७ हजार ५ सय ५६ रुपैयाँ प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय