रेडस्टारका विद्यार्थीको नाटक महोत्सव

पथरी शनिश्चरे, १ पुस / मोरङको पथरी शनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न भएको छ ।
रेडस्टार नाट्य समूहले अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ४ देखि कक्षा ८ सम्मका सय भन्दा बढी विद्यार्थीहरूलाई सहभागि बनाइ प्रतियोगितात्मक नाट्य महोत्सवको आयोजना गरेको हो ।

 

महोत्सवमा १५ वटा व्यक्तिगत विधा तथा २ वटा समूहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टीएन. तिम्सिनाले जानकारी दिनुभएको छ ।

उहाँले विद्यार्थीहरूको अत्यधिक सहभागिता र आकर्षक प्रस्तुतीकरणले आगामी दिनमा अझ बृहतस्तरको महोत्सव आयोजना गर्ने प्रेरणा मिलेको जनाउनु भयो । महोत्सवले रेडस्टारलाई पुनः सिर्जनात्मक विद्यालयको रूपमा उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनयकौशलताको विकास गर्ने उद्देश्यले आयोजित महोत्सव अत्यन्तै उत्साहजनक र रंगिन बनेको चलचित्रकर्मी तथा विद्यालयका अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो । सो महोत्सवमार्फत विद्यालयका विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा ठूलो योगदान दिएको बरालले सुनाउनु भयो।

 

विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुहरूमा छात्रछात्राहरूले नाटकहरू प्रस्तुत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न

बाढी प्रभावित क्षेत्रमा उद्धार र शव व्यवस्थापन तीव्र

काठमाडौं,१५ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ ।बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल

नुवाकोट महादेवफाँटमा शव व्यवस्थापन गर्दै सशस्त्र प्रहरीको टोली

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाली सेना,

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल