रेडस्टारका विद्यार्थीको नाटक महोत्सव

पथरी शनिश्चरे, १ पुस / मोरङको पथरी शनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा “रेडस्टार नाट्य महोत्सव–२०८२” सम्पन्न भएको छ ।
रेडस्टार नाट्य समूहले अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ४ देखि कक्षा ८ सम्मका सय भन्दा बढी विद्यार्थीहरूलाई सहभागि बनाइ प्रतियोगितात्मक नाट्य महोत्सवको आयोजना गरेको हो ।

 

महोत्सवमा १५ वटा व्यक्तिगत विधा तथा २ वटा समूहगत विधा गरी कुल १७ विधामा उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कार प्रदान गरिएको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टीएन. तिम्सिनाले जानकारी दिनुभएको छ ।

उहाँले विद्यार्थीहरूको अत्यधिक सहभागिता र आकर्षक प्रस्तुतीकरणले आगामी दिनमा अझ बृहतस्तरको महोत्सव आयोजना गर्ने प्रेरणा मिलेको जनाउनु भयो । महोत्सवले रेडस्टारलाई पुनः सिर्जनात्मक विद्यालयको रूपमा उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र अभिनयकौशलताको विकास गर्ने उद्देश्यले आयोजित महोत्सव अत्यन्तै उत्साहजनक र रंगिन बनेको चलचित्रकर्मी तथा विद्यालयका अभिनय प्रशिक्षक जीवन बरालले जानकारी दिनुभयो । सो महोत्सवमार्फत विद्यालयका विद्यार्थीहरूलाई मञ्चीय कलासँग नजिक गराउँदै समूहगत सहकार्य र व्यक्तित्व विकासमा ठूलो योगदान दिएको बरालले सुनाउनु भयो।

 

विभिन्न राजनीतिक तथा सामाजिक विषयवस्तुहरूमा छात्रछात्राहरूले नाटकहरू प्रस्तुत गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय