झापा, पुष २ । झापाको अर्जुनधारा ११ मा गएराति हतियार प्रहारबाट एकजना गंभीर घाइते भएको प्रहरीले जनाएको छ।
राति ८;४५बजे अर्जुनधारा वडा नं.११ बस्ने ४५ वर्षीय जीवन कुमार श्रेष्ठलाई सोही ठाउँ बस्ने बर्ष २६ का नितेश माझी भन्ने अनिश माझीले धारिलो हतियार प्रहार गरेका हुन् ।
माझीले सामान्य विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रेष्ठलाई घाइते बनाएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ । हतियार प्रहार गर्ने माझीको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।









