झापामा अपराध बढ्दै

एकै महिनामा १ सय ६२ वटा अपराधका मुद्दा दर्ता

५४ गम्भीर र ११ जघन्य प्रकृतिका अपराध भएको प्रहरी तथ्यांक

दमक, २ पुस । झापा जिल्लामा २०८२ साल मंसिर महिनामा १ सय ६२ वटा अपराधका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार दर्ता भएका मुद्दामध्ये ४८ सामान्य, ५४ गम्भीर र ११ जघन्य प्रकृतिका अपराध रहेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध ६ वटा मुद्दा दर्ता भएका छन्। यस्तै आर्थिक अपराधतर्फ ठगीका २, बैङ्किङ कसुरका १४ र आपराधिक लाभका १ गरी जम्मा १७ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। लागूऔषध नियन्त्रणतर्फ ब्राउन सुगर १२६ ग्राम ६४० मिलिग्राम बरामद गरिएको छ। यस क्रममा ४१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।

आत्महत्याको अवस्थालाई हेर्दा मंसिर महिनामा झापामा ३४ जनाले आत्महत्या गरेका छन्। तीमध्ये २१ जना झुन्डिएर, ४ जनाले विष सेवन गरेर र १ जनाले आगो लगाएर आत्महत्या गरेका छन्। लिङ्गगत विवरण अनुसार २३ महिला र ११ पुरुष रहेका छन्। उमेर समूहमा सबैभन्दा बढी ४५ वर्षमाथिका व्यक्तिहरू रहेका छन्।

सवारी दुर्घटनातर्फ १२३ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ सय १६ जना घाइते भएका छन्। दुर्घटनाबाट ६५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै ट्राफिक कारबाहीतर्फ १५ हजार ४५१ सवारी साधन चेकजाँच गर्दा २ हजार ३४७ सवारी साधन कारबाहीमा परेका छन्। यसबाट २३ लाख २९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

प्रहरीका अनुसार मंसिर महिनामा जिल्लाभर नियमित तथा विशेष प्रहरी परिचालन, गस्ती, चेकिङ, समुदाय–विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम र लागूऔषध तथा अवैध गतिविधि नियन्त्रणमा जोड दिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय