काठमाण्डौँ,३ पुस । नेकपा एमालेको उपाध्यक्ष पदमा विष्णु पौडेलसहित ५ जना विजयी हुनु भएको छ । पौडेलसहित पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुनु भएको हो । उम्मेदवार बनेका नेताहरु गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीम प्रसाद आचार्य पराजित हुुनु भएको छ ।
उपाध्यक्षको मतपरिणाम
उपाध्यक्ष (५)
१. पृथ्वीसुब्बा गुरुङ : १७३७ (निर्वाचित)
२. विष्णुप्रसाद पौडेल : १६७५ (निर्वाचित)
३. रामबहादुर थापा बादल :१५१६ (निर्वाचित)
४. गोकर्णराज विष्ट : १३६८ (निर्वाचित)
५. रघुजी पन्त : १२५८ (निर्वाचित)
६. गुरुप्रसाद बराल :११३७
७. बिन्दा पाण्डे :९२१
८. परशुराममेघी गुरुङ : ४६१
९. अरुण नेपाल : ४३९
१०. टकंप्रसाद कार्की : ३५८
११. भीमप्रसाद आचार्य : २६५









