जेष्ठ नागरीक सम्मान

दमक ७ मा निशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत वितरण

दमक, ३ पुष । दमक नगरपालिका वार्ड नं ७ मा रहेका जेष्ठ नागरीकहरुको सम्मानका साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार वार्ड कार्यालयको आयोजनामा बृहत स्वास्थ्य शिविर गरियो भने जेष्ठ नागरिक सम्मान प्रतिस्ठान वार्ड नं ७ को २२ औ वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरीएको छ ।

स्वास्थ्य परिक्षण गर्न आउनु भएका जेष्ठ नागरिकहरुले चिकित्सकसग अधिकांशले आफ्नो दीर्ग रोगको बारेमा राख्नु भएको थियो । दमक ७ राधाकृष्ण टोलबाट शिविरमा आउनु भएकी नरमाया दाहालले भन्नु भयो डाक्टहरुले के भएको छ भन्नु भयो आफ्नो समस्या र रोग भने उहाँहरुले थप उपचारकालागी अस्पताल बोलाउनु भएको छ । ’

यस्तै दमक ७ मा रहेको किरात भवनको छेवैमा रहनु भएका …..ले आफु यहाँ आवश्यक परेअनुसार आइनै रहने बताउनु हुन्छ । तर आज चाहि आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन पाएको र यसको उपचार समेत गर्न पाउँदा राम्रै भएको प्रतिकृया दिनुभएको छ ।

वार्ड कार्यालयले लाईफलाईन अस्पताल, बिर्ताज्योती आखा अस्पतालसगको प्राविधिक सहयोगमा बिषेशज्ञ शिविर सञ्चालन गर्यो । यसबाट जेष्ठ नागरीकको स्वास्थ्य अवस्था कस्तो रहेछ र अव के गर्न सकिन्छ भन्नेबारेमा समेत अवगत हुन सक्ने आधारभूत स्वास्थ्य केन्द दमक ७ का संयोजक नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
जेष्ठ नागरीकका लागि यस भन्दा अघील्ला वर्ष दमकमा निशुल्क स्वास्थ्य बिमा र घर घरमै गएर स्वास्थ्य परिक्षण गरिने कार्यक्रम थियो । तर पछिल्लो जेन जी आन्लदोलनका कारण त्यस खालका कार्यक्रम प्रभावित भए । यद्यपी वार्ड नं ७ ले अन्य सघं सस्थाहरुसग सहकार्य गरेर भएपनि जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने र अन्य सहयोग गर्ने काम चाहि निरन्तर गरिरहेको वार्ड अध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी जेष्ठ नागरीक सम्मान प्रतिस्ठान दमक ७ ले आफ्नो स्थापनाको २२ औ साधारणा पनि सोहि अवसरमा सम्पन्न गरेको छ । यस अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरीएको सचिव रीङ कुमार आचार्यले जानकारी दिनुभयो । जाडोको समयमा कम्तिमा एउटा टोपी, घरभीत्र लगाउने चप्पल, तातोपानी राख्ने थर्मस तथा फलफूल समेत दिएर जेष्ठ नागरीक प्रति सम्मान गरीएको आचार्यले जानकारी दिनुभएको छ ।

जेष्ठ नागरीकहरुको अनुभवलाई आम्तसाथ गर्दै नयाँ पुस्ताको सोच र खोजलाई समेत स्विकार गरेर अघी बढ्ने हो पनि सामाजीक रुपान्तरण सम्भव छ भन्ने सोचका साथ यसखाले कार्यक्रम आयोजना गरीएको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय