दमक, ३ पुष | नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ। झापाबाट अध्यक्षमा ओली सहित सचिवमा हिक्मत कार्की र अन्य २० जना सदस्यहरु निर्वाचित हुनुभएको हो ।
बिहीवार सम्पन्न मतगणना अनुसार केन्द्रीय सदस्यमा झापाबाट देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, अग्नी खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल,गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक नर्वदा र एलिजा गौतम निर्वाचित हुनुभएको छ ।
यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित १९ मध्ये ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् ।
चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् ।
झापाबाट उल्लेख्य संख्यामा नेतृत्व चयन हुनु एमालेको संगठनात्मक शक्ति र राजनीतिक प्रभावको संकेतका रूपमा हेरिएको छ।
महाधिवेशनले पार्टीको आगामी दिशा र रणनीतिमा झापाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।









