पाँच महिनायता मात्र झापामा चार सय बढी उद्योग दर्ता

झापा,४ पुस। झापा जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएको कार्यालयले  जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएको छ । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ ७७ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, २८ उद्योग नामसारी, १८ उद्योगको नाम परिवर्तन तथा ३६ उद्योगले उद्देश्य थपेको तथ्याङक छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका अधिकांश उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

विभिन्न कारणले उद्योग बन्द हुनेको सङ्ख्याभन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी भट्टराईले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न शीर्षकमा ८८ लाख ८५ हजार ६०० राजस्व सङ्कलन र्कायलयले गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय