श्री शान्ति किर्तनको महापुराणमा साढे ६ लाख बढी दान

पथरी, ७ पुस / श्री शान्ति किर्तन मण्डली पथरी शनिश्चरेले कार्तिक १६ देखि २२ गतेसम्म सञ्चालन गरेको ब्रम्ह महापुराण महायज्ञबाट संस्थाले साढे ६ लाख रुपैयाँ बढीको दान संकलन भएको छ ।

 

संस्थाको दोस्रो पुराणका रुपमा सञ्चालित सो महायज्ञमा दान वापत ६ लाख ५१ हजार ४ सय २४ रुपैयाँ आम्दानी भएको छ । जसमा २ लाख ८६ हजार ४ सय ६० खर्च भएर ३ लाख ६४ हजार ९ सय ६४ रुपैयाँ बचत भएको संस्थाका कोषाध्यक्ष तोयानाथ ढकालले जनाउनु भयो । उहाँले सो रकमबाट संस्थाको भवन निर्माणमा रहेको ऋण समेत तिरिसकिएको उल्लेख गर्नुभयो ।

।
संस्थाको अठारौं महापुराणको योजना अनुरुप दोस्रो पुराणका रुपमा सञ्चालित सो महायज्ञमा स्थानीय आचार्य पण्डित केवलकृष्ण अधिकारी र दीपक भट्टराईमार्फत पाठ पारायण र संगीतमय कथा वाचन गर्नुभएको थियो ।

उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे १ मा शान्ति सद्भावसहितको आध्यात्मिक गतिविधिमा सक्रिय सो मण्डली २०६० सालमा स्थापना भएको हो । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर भवन निर्माणको योजना अघि बढ्यो । त्यसपछि उसैगरी सहयोग जुटाउँदै क्रमिक रुपले बनाउँदै लगेको भवन हाल ३ तले भएको छ । हालसम्म त्यसमा लागेको खर्च हिसाव गर्दा १ करोड हाराहारी रहेको उल्लेख छ । जुन काम किर्तन मण्डलीले गरेको नेपालकै नमुना काममा पर्दछ ।

 

संस्थाको आध्यात्मिकताको प्रवद्र्धनका खातिर गरिएका कार्यक्रममा जोडिनेहरु बढिरहेका छन् । हालसम्म सदस्यको संख्या १ हजार २ सय पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय