श्री शान्ति किर्तनको महापुराणमा साढे ६ लाख बढी दान

पथरी, ७ पुस / श्री शान्ति किर्तन मण्डली पथरी शनिश्चरेले कार्तिक १६ देखि २२ गतेसम्म सञ्चालन गरेको ब्रम्ह महापुराण महायज्ञबाट संस्थाले साढे ६ लाख रुपैयाँ बढीको दान संकलन भएको छ ।

 

संस्थाको दोस्रो पुराणका रुपमा सञ्चालित सो महायज्ञमा दान वापत ६ लाख ५१ हजार ४ सय २४ रुपैयाँ आम्दानी भएको छ । जसमा २ लाख ८६ हजार ४ सय ६० खर्च भएर ३ लाख ६४ हजार ९ सय ६४ रुपैयाँ बचत भएको संस्थाका कोषाध्यक्ष तोयानाथ ढकालले जनाउनु भयो । उहाँले सो रकमबाट संस्थाको भवन निर्माणमा रहेको ऋण समेत तिरिसकिएको उल्लेख गर्नुभयो ।


संस्थाको अठारौं महापुराणको योजना अनुरुप दोस्रो पुराणका रुपमा सञ्चालित सो महायज्ञमा स्थानीय आचार्य पण्डित केवलकृष्ण अधिकारी र दीपक भट्टराईमार्फत पाठ पारायण र संगीतमय कथा वाचन गर्नुभएको थियो ।

उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे १ मा शान्ति सद्भावसहितको आध्यात्मिक गतिविधिमा सक्रिय सो मण्डली २०६० सालमा स्थापना भएको हो । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर भवन निर्माणको योजना अघि बढ्यो । त्यसपछि उसैगरी सहयोग जुटाउँदै क्रमिक रुपले बनाउँदै लगेको भवन हाल ३ तले भएको छ । हालसम्म त्यसमा लागेको खर्च हिसाव गर्दा १ करोड हाराहारी रहेको उल्लेख छ । जुन काम किर्तन मण्डलीले गरेको नेपालकै नमुना काममा पर्दछ ।

 

संस्थाको आध्यात्मिकताको प्रवद्र्धनका खातिर गरिएका कार्यक्रममा जोडिनेहरु बढिरहेका छन् । हालसम्म सदस्यको संख्या १ हजार २ सय पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी