इप्रका सुरुङ्गालाई गाडी

आफू जलेर पनि अरुलाई सघाउँदै कन्काई नगर

कन्काई, ७ पुस । गत भदौ २४ गते देशका देशका धेरै स्थानीय तहका प्रशासनिक भवनमा आगजनी भयो । जेनजी आन्दोलनका नाममा सल्किएको आगोले झापाका एक दर्जन स्थानीय तहका प्रशासनिक भवन र चार दर्जन बढी वडा कार्यालय खरानी बनायो ।

जेनजी आन्दोलनको बहानामा सल्किएको आगोले कन्काई नगरपालिकाको प्रशासनिक भवनदेखि सबै वडा ध्वस्त पारेको थियो । प्रशासनिक भवनसँगै पालिकाको स्वामित्वमा रहेका केही सवारी साधन पनि जले ।

कन्काई अव त्यो पीडा भुल्ने प्रयासमा छ । भदौ २४ को आगजनी र तोडफोडमा ६ करोड बढीको भौतिक क्षति बेहोरेको यो नगरले आफूजस्तै समस्यामा परेका अरु निकायलाई सहयोग दिन थालेको छ । सोही क्रममा सोमबार नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई गाडी प्रदान गरेको छ ।

नगरपालिकाका उपप्रमुख आशा शिवकोटीले प्रयोग गर्दै आउनुभएको सो गाडी प्रहरीलाई हस्तान्तरण गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भन्नुभयो–‘हामीले आफूसँग धेरै भएर यो गाडी प्रहरीलाई दिएको भने होइन ।’ नगरको शान्तिसुरक्षा कायम गर्न सहज होस् भनेर आफूले प्रयोग गर्दै आएको सरकारी गाडी उपप्रमुखलाई दिने शर्तमा कार्यपालिका बैठकबाट निर्णय गराएर प्रहरीलाई गाडी सहयोग गरेको पोखरेलले बताउनुभयो ।

नगरबाट गाडीको चाबी बुझ्दै इप्रका सुरुङ्गाका प्रहरी नायव निरीक्षक सुभाष देबकोटाले दुइटा मोटरसाइकलको भरमा रातविरात शान्तिसुरक्षामा खटिनुपर्दा भोगेको सास्ती अव निकै कम हुने आशा व्यक्त गर्नुभयो । इलाका प्रहरी कार्यालयले यसअघि प्रयोग गरेको गाडी पनि नगरपालिकाले नै उपलव्ध गराएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा