नेकपा (एमाले) कोशी प्रदेश कमिटीद्वारा आन्दोलनको घोषणा

वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाँउदै सडकमा उत्रने चेतावनी

विराटनगर,८ पुस । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले वर्तमान सरकारका कदमहरूलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ ठहर गर्दै सशक्त आन्दोलनको घोषणा गरेको जनाएको छ । एमाले प्रदेश कमिटीले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । एमाले प्रदेशका अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाउँदै त्यसका विरुद्ध प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने बताएको छ ।

 

पार्टीले भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको ऐतिहासिक सफलतालाई स्मरण गर्दै, सरकारले सोही लोकप्रियताबाट डराएर षडयन्त्र बुनेको दाबी गरेको हो। विज्ञप्तिमा भनिएको छ, “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने नियतका साथ मुलुकलाई थप द्वन्द्व र मुडभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।”

एमाले कोशी प्रदेशले २०८२ भदौ २३ र २४ गतेको घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको बताएको छ । पार्टीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनस्थापना, सर्वपक्षीय सरकारको गठन, संविधान संशोधन र ताजा जनादेशको मागलाई पुनः अघि सारेको बताएको छ ।

आगामी कार्यक्रमहरूका बारेमा जानकारी दिँदै विज्ञप्तिमा कोशी प्रदेशका सबै १४ जिल्ला कमिटीहरूलाई शान्तिपूर्ण रूपमा खबरदारी प्रदर्शन, सद्भाव ¥याली र विभिन्न स्वरूपका विरोधका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ । एमालेले सरकारबाट गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण व्यवहार, धरपकड र अनुचित कार्यहरू एक सेकेन्ड पनि नसहने चेतावनी दिँदै त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक सरकारबाट गरिने कुनै पनि खाले प्रतिगमनकारी कदम र षडयन्त्र विरुद्ध नेकपा (एमाले) कोशी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रने छ ।”

साथै, एमालेले यो आन्दोलन केवल पार्टीको मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी र युवा विद्यार्थीहरूलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन अपिल गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘सरकारको इच्छा कानुन हुन सक्दैन, परिणाम चाहिन्छ’ : गगन थापा

काठमाडौं ,१४ कार्तीक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने

दमकमा साढे चार लाख रुपैयाँ बराबरको भारतीय सयपत्री फूल जफत

दमक, १४ कात्तिक । झापाको दमकमा अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको भारतीय सयपत्री फूल जफत गरिएको छ। दमक नगरपालिका–४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेर

दशैं–तिहारमा मौलिक पिङ लोप हुँदै

ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने

दाङमा आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

दाङ,१४ कार्तीक । जिल्ला भूमि समस्या समाधान समिति दाङले आठ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।समितिका अनुसार साविक गोबरडिया गाविस–६ ‘ख’ (हाल गढवा

सत्याग्रहको तेस्रो दिनस् डा. केसीको स्वास्थ्य अवस्था शिथिल

इलाम,१४ कार्तीक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारीरिक रुपमा शिथिल बन्दै जानु भएको

‘प्रधानमन्त्री बालेनको लागि मिडिया भनेको फेसबुक मात्रै हो,’ : सूर्य थापा

काठमाडौं ,१४ कार्तीक। नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिनु भएको छ।अदालतको पक्राउ

कुलेखानी जलाशय भरिँदै : बागमती आसपासका बस्तीमा अलर्ट

सर्लाही ,१४ कार्तीक। कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय