नेकपा (एमाले) कोशी प्रदेश कमिटीद्वारा आन्दोलनको घोषणा

वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाँउदै सडकमा उत्रने चेतावनी

विराटनगर,८ पुस । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले वर्तमान सरकारका कदमहरूलाई ‘असंवैधानिक’ र ‘प्रतिगमनकारी’ ठहर गर्दै सशक्त आन्दोलनको घोषणा गरेको जनाएको छ । एमाले प्रदेश कमिटीले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । एमाले प्रदेशका अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साँध्ने नियत राखेको आरोप लगाउँदै त्यसका विरुद्ध प्रदेशका १४ वटै जिल्लामा प्रदर्शन गर्ने बताएको छ ।

 

पार्टीले भर्खरै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७–२९) बाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको ऐतिहासिक सफलतालाई स्मरण गर्दै, सरकारले सोही लोकप्रियताबाट डराएर षडयन्त्र बुनेको दाबी गरेको हो। विज्ञप्तिमा भनिएको छ, “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिने नियतका साथ मुलुकलाई थप द्वन्द्व र मुडभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।”

एमाले कोशी प्रदेशले २०८२ भदौ २३ र २४ गतेको घटनाको सन्दर्भ जोड्दै, जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र असंवैधानिक सरकार गठन गर्ने कदमले लोकतन्त्र र संविधानमाथि प्रहार भएको उल्लेख गरेको बताएको छ । पार्टीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनस्थापना, सर्वपक्षीय सरकारको गठन, संविधान संशोधन र ताजा जनादेशको मागलाई पुनः अघि सारेको बताएको छ ।

आगामी कार्यक्रमहरूका बारेमा जानकारी दिँदै विज्ञप्तिमा कोशी प्रदेशका सबै १४ जिल्ला कमिटीहरूलाई शान्तिपूर्ण रूपमा खबरदारी प्रदर्शन, सद्भाव ¥याली र विभिन्न स्वरूपका विरोधका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ । एमालेले सरकारबाट गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण व्यवहार, धरपकड र अनुचित कार्यहरू एक सेकेन्ड पनि नसहने चेतावनी दिँदै त्यसको कडा प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक सरकारबाट गरिने कुनै पनि खाले प्रतिगमनकारी कदम र षडयन्त्र विरुद्ध नेकपा (एमाले) कोशी प्रदेश कमिटी आजैदेखि प्रतिकारमा उत्रने छ ।”

साथै, एमालेले यो आन्दोलन केवल पार्टीको मात्र नभई लोकतन्त्र र संविधानको रक्षाका लागि भएको बताउँदै सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी र युवा विद्यार्थीहरूलाई ऐक्यबद्धता जनाउन र आन्दोलनमा सहभागी हुन अपिल गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा