दमक,८ पुस। झापाको रतुवा पुर्व कमल ५ मा रहेको रिभरभ्यु रिसोर्टमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।
रिसोर्टको समुद्घाटनको अबसर पारेर पुस ९ गते बुधबार राष्ट्रिय र स्थानीय कालाकारको उपस्थितमा सांगीतिक साँझ आयोजना गर्न लागिएको मंगलबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । गायक दिपक लिम्बू र गायिका जुनु प्रसाईको विशेष प्रस्तुति रहने र स्थानीय कलाकारले समेत सो दिनको साझमा सांगीतिक आनन्द दिने रिसोर्टका सन्चालक रुद्र कार्कीले जानकारी दिनुभयो ।
साथै सोही अबसरमा रिसोर्टमा केही सुबिधाहरु थपिएको जानकारी दिदै कार्की भन्नू हुन्छ: अहिले सुबिधा सम्पन्न कोठा सहितको होटल, विभिन्न स्वादका परिकार पाईने बोतल हाउस रेस्टुरेन्ट , सुबिधा सम्पन्न ब्यान्कोट हल, रमाईलो र मनोरम बाल उद्दन तथा बालबालिकाका लागी स्केटिङ समेतको यहाँ सुबिधा रहेका छन । दमकबाट पुर्व जाने क्रममा रतुवा नदि पार गर्ने बित्तिकै उत्तर तर्फ रहेको रिसोर्ट ५ वर्ष अघीदेखी सन्चालनमा आएको थियो । तर बिचमा कोभिड लगायतका कारण केही सुस्त बनेपनी अहिले फेरि नया स्वरुपमा यो रिसोर्ट तथा पार्क सन्चालनमा आएको छ । यसको उद्घाटन समेत यहि अबसरमा गरिने पत्रकार सम्मेलनका क्रममा बताईएको छ ।










