दमक प्रहरीले गर्‍याे ‘स्वीप अपरेशन’

ट्राफिक प्रहरीकोे संयुक्त चेकिङबाट धेरै मोडिफाइड मोटरसाइकल कार्वाहीमा

दमक, ९ पुस । इलाका प्रहरी कार्यालय दमकले स्वीप अपरेसनसंगै विगत १० दिनदेखि सरप्राइज चेकिङ संचालन गरिरहेको जनाएको छ । ट्राफिक प्रहरीसंगको त्यस संयुक्त चेकिङबाट धेरै मोडिफाइड मोटरसाइकल कार्वाहीमा परेका छन् ।

मोडिफाइड मोटरसाइकलसंगै ट्राफिक नियम उल्लंघन गर्ने दर्जनौ सवारी साधन कार्वाहीमा परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताउनु भयो । मोडिफाई मोटरसाइकलहरु ध्वनि प्रदूषण गर्दै राति कुदाउने गरेका कारण दमक प्रहरीले रातको समयमा नै सरप्राइज चेकिङ गर्ने गरेको जनाएको छ ।

गएराति १०.३० बजे दमक ५गोर्खा डिपार्टमेन्ट अगाडी ट्राफिक नियम उल्लंघन गर्ने बा ८२ प ५७४नम्बरको मोडिफाइड गरेको बुलेट मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसको अघिल्लो राति ९ वटा मोटरसाइकल कार्वाहीमा परेका थिए । प्र १–०१–०१५ प ६७२८ नम्बरको इभी स्कुटर कागजपत्र नभएको,को ४० प २२९४ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड,मे ५ प ७३२७ नम्बरको सुपर स्प्लेण्डर ३ जना सवार ,प्र१–०२–०५६ प ३९७१ नम्बरको बुलेट मोटरसाइकल मोडिफाइड, प्र२–०२–०२३ प ०७०८ नम्बरको बुलेट मोटरसाइकल लुकिङ ग्लास नभएको , मे ७ प २४१९ नम्बरको एभेन्जर मोटरसाइकल मोडिफाइड , मे १० प ९३२३ , मे ८ प २६६७ नम्बरको स्कुटी कागजपत्र नभएको र को ३८ प ८२५५ नम्बरको क्रसफायर मोटरसाइकल मोडिफाइड गरिएको फेला परेको प्रहरीले बताएको छ ।
सोही राति गरिएको स्वीप अपरेसनमा दमक नगरपालिकाको विभिन्न स्थानबाट शंकास्पद अवस्थामा हिडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुन सक्ने, लागूऔषधमा संलग्न हुन सक्ने आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

करिव डेढ महिनादेखि डीएसपी लम्सालले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालनु भएको छ । आएको एक सातादेखि स्वीप अपरेसन थालनु भएको उहाँले शंकास्पद गतिविधि गर्ने डेढ सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकनु भएको छ । त्यस्तै सयभन्दा बढी मोडिफाइड मोटरसाइकललाई कार्वाही गरिसकेको उहाँले जानकारी दिनु भयो ।

दमक क्षेत्रका मोटरसाइकललाई कार्वाही गरिसकेको भएपनि बाहिरबाट आउने गरेका मोडिफाइड मोटरसाइकललाई समेत नियन्त्रणमा लिई कार्वाही गर्न थालिएको डीएसपी लम्सालको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति