काठमाडौंमा देखियो तीलाको ‘आगोको रङ’

पथरी, ९ पुस /  मोरङ बेलबारीकी साहित्यकार तीला लेकालीको गजलसंग्रह ‘आगोको रङ’ काठमाडौंमा लोकार्पण गरिएको छ ।

 

 

प्रगतिशील लेखक संघले काठमाडौंस्थित पद्यकन्या क्याम्पसमा आयोजना गरेको कार्यक्रममा संघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तका साथै जगत उपाध्याय प्रेक्षित लगायतले ‘आगोका रङ’ गजलसंग्रहको लोकार्पण गर्नुभएको थियो । लोकार्पणपछि प्रमुख अतिथि पन्तले लेखकहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा तथा विकृति, विसंगति र अव्यवस्थाको विपक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

 

कार्यक्रममा, कर्ण दयाल सोराडीको मुक्तकसंग्रह ‘उथलपुथल’ र संघका कोशी अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको ‘आमा’ स्मृति काव्य पनि लोकार्पण गरिएको छ । साहित्यकार हरि सिलुवालले लोकार्पित कृति आगोको रङको समीक्षात्मक टिप्पणी गर्नुभयो । संघकी कोशी प्रदेशकी पूर्व अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य लेकालीको लेखनको प्रभावकारिताका बारेमा चर्चा गर्नुृभयो ।
कार्यक्रममा संघको स्मारिका ‘प्रलेस–३१’ अंक पनि लोकार्पण गरिएको छ ।

 

 

प्रलेस केन्द्रीय अध्यक्ष देवी क्षेत्री दुलालको अध्यक्षताको कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार–२०८२ ईश्वरचन्द्र ज्ञवाली, प्रलेस प्रतिभा पुरस्कार–२०८२ अनिल शर्मा विरही, प्रलेस बालसाहित्य पुरस्कार–२०८२ बालसाहित्यकार सुशीला प्रधानाङ्ग र प्रलेस युवा पुरस्कार –२०८२ रूपक अलङ्कारलाई प्रदान गरिएको छ ।

 

प्राडा जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, प्राडा देवी नेपाल, शान्ता मानवी, नर्वेदेश्वरी सत्याल, डा. बमबहादुर थापा जिताली, मिरा काफ्ले, रमेश निरौला, उमा सिजापति, ललिता दोषीलगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति