दमक, ९ पुस । दमकको उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जादा उम्मेदवारहरु खुलेका मात्र छैनन । विभिन्न प्यानल बनाएर आ आफ्नो प्यानलनै घोषणा गर्न थालेका छन यहि क्रममा बुधबार नेपाली कांग्रेस नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध व्यापारीहरुको समुहले आफ्नो प्यानल घोषणा गरेको छ । घोषणा सभामा बोल्दै
नेपाली काँग्रेसका क्षेत्रीय सभापति ढुन्डिराज भण्डारीले गोपाल गुरागाईँ अध्यक्ष रहेको प्यानल बजारमा निस्कदा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीको पहिचान झल्केको बताउनु भयो । साथै नेपाली कम्युनिष्ट पार्टीसँगको पुरानो सम्बन्धका कारण नै गठबन्धनका लागी सो पार्टी रोजेको समेत उहाले उल्लेख गर्नुभयो ।
दमकको व्यापार व्यवसायलाई बढाउनका लागी,व्यवसायीहरुको हकहितका बारेमा राज्यसँग खबरदारी गर्ने , व्यवसायीहरुको आवाज राज्यसम्म पुर्याउने वातावरण बनाउनका लागी अध्यक्ष गोपाल गुरागाईँ विगतका वर्षहरुदेखी निरन्तर लागीरहनुभएको नेपाली कम्युनिस्ट पार्टिका नेता रन्जित तामाङले उल्लेख गर्नु भयो । साथै अरु थुप्रै पार्टीले गठबन्धनको प्रस्ताव राख्दा राख्दै पनि पार्टीगत हिसाबले नहेरी व्यासायीको पक्षधर भएर हेरेर यो गठबन्धन गरेको उहाको भनाई छ ।
अध्यक्ष पदका उम्मेदवार रहनु भएका गोपाल गुरागाइ यस अघि नेकपा एमालेमा रहनु भएको थियो । यसघीको निर्वाचनमा अध्यक्ष उम्मेदवार बन्ने सन्दर्भमा आन्तरिक द्वन्द्व भएपछि उहाले पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेर अध्यक्षको उम्मेदवार बन्नु भएको थियो । अहिले उहाँ नेपाली कांग्रेसको कोटाबाट फेरि अध्यक्षकै उम्मेदवार बन्नु भएको छ । दोस्रो कार्यकालको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै गुरागाईले भन्नुभयो “२०७८ सालदेखी नेतृत्व गर्दै अगाडी बढेको आफूले फेरी पनि व्यवसायीहरुको हकहितका लागी काम गर्न , अहिलेको आर्थिक मन्धिलाई स्थितरता दिनका लागी आफू दोहोरिन पर्ने स्थित आएको आएको छ ।“
दमकमा यो पटक दमक उद्योग बाणिज्य संघको निर्वाचन निकै रोचक हुने वाला छ । एमाले, कांग्रेस –नेकपा र राप्रपाको बेग्ला बेग्लै प्यानल तयार भएको छ । बुधबार कांग्रेस – नेकपाले औपचारिक उम्मेदवार घोषणा गरेनी अन्यले भने औपचारिक रुपमा घोषणा गरिसकेका छैनन ।









