घरको रेलिङबाट लडेर बिर्तामोडमा एक बालकको मृत्यु

झापा १० पुष । घरको रेलिङबाट लडेर बिर्तामोडमा एक बालकको मृत्यु भएको छ ।
एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा न.४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी पुष २ गते राति ८.१५ बजे आफ्नै ३ तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो ।सोही अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक बालकको शव सोही अस्पतालमा रहेको छ भने इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति