कोशी प्रदेशका क्रिकेट खेलाडी थापाको दुर्घटनामा निधन

संघका अनुसार, थापा कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने खेलाडी ।

मोरङ,१० पुस । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेश क्रिकेट टोलीका कप्तान २७ वर्षीय मिनश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको हो । एयरपोर्टबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार १–०२–०४२ प– ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पु¥याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइनु भयो ।
मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ। प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले बताएको छ।

कोशी प्रादेशिक क्रिकेट संघले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ‘मिनश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ,’ सङ्घले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति