दमक भलिबल

दमक महिला भलिबल : त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी

दमक/

झापाको दमकमा जारी प्रथप दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनल खेलमा प्रवेश गरेका छन् ।
आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी बनेका छन् । विजयी टिमले आयोजक दमक भलिवल क्लव र प्रदेश नम्बर एकलाई दुई चरणको खेलमा हराएर सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगितामा भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा शसस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ । भोलि सोमबार पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे फोर्थ अफिसियल सदस्य प्रेम बाँस्तोलाले जानकारी दिनु भयो ।

खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्नेछन् । राष्ट्रिय स्तरका महिला भलिवल टीमको सहभागितामा दमक नगरले पहिलो पटक दमक भलिवल कपको शुरुवात गरेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भयो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर

नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

काठमाडौं,६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल

प्रधानमन्त्रीको न्युयोर्क यात्रामा कुनै किसिमको ‘तामझाम’ नगरिने

काठमाडौँ,६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने हुनुभएको छ। उच्चस्तरीय