शितलहरको प्रभाव

चीसो अत्याधीक बढेपछि झापाका यी ठाउँमा विद्यालय बन्द

दमक, १६ पुष । झापासहित पूर्वी नेपालमा केही दिन देखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

 

चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले आजदेखी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले आज पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यार्थीहरूलाई जाडो बिदा दिएका हुन् । जाडो बिदा हिउँदे/बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयका अन्य कार्यक्रम बाहेक नियमित पठन–पाठन बन्द गरिएको ती पालिकाहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

 

जिल्लाका अन्य पालिकाहरूले भने मौसम हेरेर जाडोको बिदा दिने विषयमा  निर्णय गर्ने जनाएको छ । लगातार शीतलहरका कारण जिल्लाका सडक तथा बजारहरूमा पनि मानिसहरूको चहलपहल घटेको छ ।

 

जल तथा मौसम विज्ञान विभागले चिसो बढेका कारण पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति